- Loading...
आन्तरिक उत्पादन बढाउनका लागि किसान पेन्सन योजना बजेटमा ल्याइएको हो :अर्थमन्त्री शर्मा
- कृषि टि.भी.
- १ साल अघि
- ३३८ पटक पढिएको


अर्थमन्त्री जनार्दन शर्माले आयातमा भर परेको अर्थतन्त्रलाई आन्तरिक उत्पादनमा बदल्ने उदेश्यका साथ बजेट ल्याइएको बताएका छन्। ३० औं किसान सहिद दिवस तथा ६९ औं भिमदत्त पन्त स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले आन्तरिक उत्पादन बढाउनकै लागि सहुलियतपूर्ण ऋण, किसान पेन्सन लगाएतका योजनाहरु बजेटमार्फत ल्याइएको समेत बताए।आजको राष्ट्रियता भनेको सवल र आत्मनिर्भर अर्थतन्त्र भएको भन्दै उनले उत्पादन क्षेत्रमा लाग्न आह्वान गरे । उनले आत्मनिर्भर हुनका लागि भूमिहिनहरुलाई जमिन उपलव्ध गराउने, पूँजी नहुनेहरुलाई पूँजी उपलव्ध गराउने, औजार नहुनेलाई औजार उपलव्ध गराउदै र श्रमिहरुलाई दक्षता प्रदान गर्नका लागि सरकार प्रतिवद्ध रहेको धारणा राखे ।
मन्त्री शर्माले देशको अर्थतन्त्रलाई सवलिकरण गर्न सवै पक्षबीच हातेमालो गर्दै अघि बढ्नुपर्ने बताए। कार्यक्रममा मन्त्री शर्माले किसान सहिद परिवारलाई सम्मान गरेका थियो ।

