FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • सहकारी क्षेत्रका संघ संगठनको बचतकर्तालाई संयुक्त अपिलः सहकारी तपाइहरुको पनि हो अप्ठ्यारोमा साथ नछाडनुस्

    • कृषि टि.भी.
    • ७ महिना अघि
    • १०५ पटक पढिएको
    सहकारी क्षेत्रका संघ संगठनको बचतकर्तालाई संयुक्त अपिलः सहकारी तपाइहरुको पनि हो अप्ठ्यारोमा साथ नछाडनुस्

    काठमाडौं । पछिल्लो समय बचत रकम फिर्ता गर्न नसकेर सहकारी भागेका र कतिपय सहकारीले बचत कर्ताको रकम फिर्ता दिन नसकेका घटना बढ्न थालेको छ । सहकारी क्षेत्रको बदनाम हुनेगरी केही सहकारीले यस्ता हर्कत देखाउन थालेपछि सहकारीहरुका संङघ संगठनले संयुक्त अपिल जारी गरेका छन् ।

    आइतबार राष्ट्रिय सहकारी महासंघ, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून), नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ, नेपाल कृषि केन्द्रीय सहकारी संघ, बागमती प्रदेश सहकारी संघ, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ र काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे जिल्लाका विषयगत संघहरुले संयुक्त अपलि जारी गरेका हुन् । संस्था अप्ठ्यारोमा पर्दा सहयोग गर्ने जिम्मेवारी सदस्यहरुको पनि भएको भन्दै अभियानले आफू आवद्ध संस्थालाई दिगो, विश्वसनीय बनाउन सबै सदस्यलाई आह्वान समेत गरेको छ । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले पछिल्लो समयको डरलाग्दो व्यापार घाटाले केहि सहकारीमा तरलताको समस्या देखिएको र यस्लाई कम गर्दै लैजाने बताए ।

    व्यक्तिगत र पारीवारीक लाभका लागि खोलिएका सहकारीले देखाएको व्यवहारका कारण अन्य सहकारीप्रतिको विस्वसनीयता घटेको र यस्ता सहकारीलाई कार्वाहिको दायरामा ल्याइने अध्यक्ष कँडेलले बताए । सहकारी ऐनमा व्यवस्था भए बमोजिम कूल बचत निक्षेपको १० देखि २० प्रतिशत रकम तरलता व्यवस्था गर्दापनि एकैपटक सबै सदस्यलाई बचत निक्षेप फिर्ता गर्न सम्भव नहुने अपिलमा उल्लेख छ । केन्द्र देखि स्थानीय तहसम्म हाललाई नगरक्षेत्रमा नयाँ सहकारी संस्था दर्ता, कार्यक्षेत्र विस्तार, सेवाकेन्द्र शखा विस्तारमा रोक लगाउन माग गरेको छ । कार्यक्रममा नेपाल बचत तथा ऋण केन्दि«य सहकारी संघका अध्यक्ष परितोष पौड्यालले सहकारी सुरक्षाको विषय मुख्य प्राथमीकतामा रहेकोले सहकारीमा आवद्ध रहनेलाई वित्तिय सुरक्षाको प्रत्याभुती दिने कोसिस गरीरहेको बताए ।

    संघहरुले एच्छिक साधारण एवंम कारोबार बचतहरुको भुक्तानी गर्दा सदस्यहरुलाई साप्ताहिक, मासिक वा आपसी सहमतिमा बचत रकमको एकपटकमा बढीमा ५ प्रतिशत मात्रै भुक्तानी गर्नु व्यवस्था मिलाउन पनि अपिल गरेका छन् । सदस्यहरुले राखेको बचत एकै पटक माग गर्दा संस्थाको भुक्तानी प्रकृया असन्तुलन हुने संघहरुको भनाइ छ । संघहरुले यसअघि समस्याग्रस्त भएका केही सहकारी संस्थाहरुको नकारात्मक प्रभावले संस्थामा एथेष्ट रुपमा तरलता व्यवस्था गर्न कठिनाइ परिरहेको बताउँदै संस्थामा सदस्यहरुले सेयरको रुपमा लगानी गरेका सेयर पुँजी निश्चित अवधिपछि एकमुष्ट भुक्तानी लिने गरी राखिएको आवधिक (मुद्दति) बचत, क्रमिक बचत रकमहरु अवधि समाप्त हुनु अगावै सकेसम्म फिर्ता नगर्ने व्यवस्था मिलाउन पनि आग्रह गरेको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित