FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • चामलमा चुलिँदो परनिर्भरताः पछिल्लो एक वर्षमा साढे ४७ अर्बको चामल आयात

    • कृषि टि.भी.
    • ७ महिना अघि
    • १२० पटक पढिएको
    चामलमा चुलिँदो परनिर्भरताः पछिल्लो एक वर्षमा साढे ४७ अर्बको चामल आयात

    काठमाण्डौं । चालू आर्थिक वर्ष २०७८/०७९ को बाह्र महिनाको अवधिमा भारतलगायत अन्य मुलुकबाट नेपालले साढे ४७ अर्बभन्दा बढीको चामल आयात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार, भारतलगायतका दर्जन बढी मुलुकबाट सो अवधिमा नेपालले ४७ अर्ब ५७ करोड ३६ लाख ८५ हजार बराबरको चामल आयात गरेको हो ।

    सबैभन्दा बढी चामल आयात भारतबाट भएको छ भने अन्य दर्जन मुलुकबाट पनि चामल नेपाल भित्रिएको हो । सरकारले देशलाई प्रमुख खाद्यबालीमा आत्मनिर्भर बनाउने योजना बनाए पनि भारतबाट चामललगायतका कृषिउपजको आयात बढ्दै गएको हो ।

    विभागको तथ्यांकअनुसार, धानको बीउ, मसिनो र बासमतियुक्त चामलको आयात बढेको हो । सो अवधिमा भारतबाट मात्रै झन्डै साढे ४६ अर्ब बराबरको चामल आयात भएको छ भने चीन, बंगलादेश, थाइल्यान्ड, अमेरिका, कोरिया, भियत्नाम, अष्ट्रेलिया, जापान, इन्डोनेसियालगायतका अन्य मुलुकबाट पनि चामल आयात भएको देखिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित