FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • पर्साका किसानले कब्जामा लिए ६ ट्रक रासायनिक मल

    • कृषि टि.भी.
    • ७ महिना अघि
    • ११६ पटक पढिएको
    पर्साका किसानले कब्जामा लिए ६ ट्रक रासायनिक मल

    काठमाडौं । पर्साका किसानले कृषि सामग्री कम्पनी लिमिटेडको गोदामबाटै मल कब्जामा लिएका छन् । उनीहरुले ६ ट्रक रासायनिक मल कब्जामा लिएका हुन् । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई साथ लिएर उनीहरुले मल कब्जा गरेका हुन् । मेयरलाई साथमा लिएर किसानले कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयको भुटनदेवीस्थित गोदामबाट मल नियन्त्रणमा लिएका छन् ।

    मेयर सिंहकै अगुवाइमा मल नियन्त्रणमा लिइएको बुझिएको छ । तर, मेयर सिंहका स्वकीय सचिवले भने मेयरले नभइ किसानले नै मल नियन्त्रणमा लिएको बताएका छन् । कार्यालयले जिल्लाका किसानलाई मल नदिइ बाहिर पठाउन लागेको थाहा पाएपछि मल नियन्त्रणमा लिइएको बताएका छन् । पर्सामा धान गोड्ने बेला हुँदा पनि किसानले मल पाएका छैनन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित