FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • काँचो स्याउ बजार पठाउन रोक

    • कृषि टि.भी.
    • ७ महिना अघि
    • ८१ पटक पढिएको
    काँचो स्याउ बजार पठाउन रोक

    जुम्लाको कृषि विकास कार्यालयले काँचो स्याउ बजारमा नपठाउन स्थानीय व्यापारीलाई आग्रह गरेको छ । राम्रोसँग नपाकेको स्याउ बजारमा आउन थालेपछि जिल्ला कृषि विकास कार्यालयले त्यस्तो आग्रह गरेको हो । कृषि विकास कार्यालय जुम्लाका निमित्त प्रमुख गणेश अधिकारीका अनुसार साउनको पहिलो साता जुम्लाका आठवटै स्थानीय तहका कृषि शाखाका प्रमुख, ठूला किसान र व्यापारीबीच स्याउको बजारीकरण र निर्यातका बारे सरोकारवालाबीच छलफल भएको थियो । छलफलले स्याउ नपाकेसम्म (खानयोग्य) नटिप्ने निर्णयसमेत भएको उहाँले जानकारी दिनुभयो ।

    स्याउ परिपक्व भएपछि मात्रै टिप्दा राम्रो र गुणस्तरीय हुने भएकाले सम्बन्धित पालिकालाई स्याउ टिप्ने समय तोक्ने अधिकार दिइएको छ । अहिले जुम्ली स्याउले रङ मात्रै हालेको छ । गुलियोपना भरिन अझै २० प्रतिशत बाँकी छ ।

    किसानको आर्थिक अवस्था र स्याउको गुणस्तरलाई मध्यनजर गरी स्याउ बजारमा पठाउने मिति तोक्ने जिम्मा सम्बन्धित पालिकाको कृषि शाखालाई नै दिइएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित