FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • इजरायलले थप १ हजार नेपाली कामदार लैजाने

    इजरायलमा नेपालीले गर्दै आएको कामको मूल्यांकनको आधारमा थप कामदार लैजान इजरायली कम्पनीहरू तयार भएका हुन् ।
    • कृषि टि.भी.
    • ७ महिना अघि
    • ८९ पटक पढिएको
    इजरायलले थप १ हजार नेपाली कामदार लैजाने

    इजरायलले थप १ हजार नेपाली कामदार लैजाने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र इजरायलका राजदूत खनान गोदेरबीच शिष्टाचार भेटवार्तामा यसबारे छलफल भएको हो ।राजदूत गोदेर मन्त्री कुँवरलाई भेट्न सोमबार मन्त्रालय आएका थिए । उनीहरुबीच विशेष गरी दुई देशबीचको श्रम सम्झौताबारे छलफल भएको छ ।छलफलमा मन्त्री कुँवरलाई राजदूत गोदेरले आइतबार मात्रै इजरायल सरकारले थप १ हजार नेपाली कामदार कृषि कामका लागि लैजाने विषयमा टुंगो लगाएको जानकारी गराए । त्यस्तै उनले यसअघि सहायक कामदारका लागि ९ हजार ६९९ जनाले निवेदन दिएकोमा १ हजार १४७ जना कामदार छनोट भएर इजरायल जाने तयारीमा रहेको पनि जानकारी गराएका थिए ।
    इजरायलमा नेपालीले गर्दै आएको कामको मूल्यांकनको आधारमा थप कामदार लैजान इजरायली कम्पनीहरू तयार भएका हुन् । सोही आधारमा इजरायल सरकारले नेपालबाट कृषी क्षेत्रमा समेत १ हजार कामदार लैजाने सहमति गरिएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित