FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • वन मन्त्रालयका काम कारबाहीलाई थप प्रभावकारी बनाउँछौँः मन्त्री यादव

    • कृषि टि.भी.
    • ७ महिना अघि
    • ८१ पटक पढिएको
    वन मन्त्रालयका काम कारबाहीलाई थप प्रभावकारी बनाउँछौँः मन्त्री यादव

    काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले मन्त्रालयले गर्दै आएका विकासका काम कारबाहीलाई थप प्रभावकारी बनाइने बताउनुभएको छ ।

    मन्त्रालयद्वारा आज आयोजना गरिएको सङ्घीयतामा वन तथा वातावरण समस्या र समाधानका उपायसम्बन्धी बैठकमा उहाँले मन्त्रालयद्वारा गरिँदै आएका विकास निर्माणका कामलाई थप प्रभावकारी बनाउँदै देशको अर्थतन्त्रमा योगदान पु¥याइने खालका काम र योजना अघि सारिने बताउनुभयो । स्वदेशको काठ उत्पादनलाई बढाउने र विदेशी काठ आयातलाई प्रतिस्थापन गरिने उहाँको भनाइ थियो ।

    यसैगरी मन्त्री यादवले सातवटै प्रदेशका मन्त्रालयसँग समन्वय गरेर समग्रमा वन, जङ्गल र वन्यजन्तुको संरक्षण तथा प्रवद्र्धन गर्न, मानव र वन्यजन्तुका बीच हुने द्वन्द्वलाई सधैँका लागि अन्त्य गर्न आवश्यक समाधान खोजिने जानकारी दिनुभयो ।

    कार्यक्रममा उहाँले मन्त्रालयमा भएका विभिन्न कानूनी अड्चनको निक्र्योल निकाल्न र मुख्यतः यस क्षेत्रमा लामो समयदेखि काम गरिरहनुभएका कर्मचारीसँग उहाँहरुका अनुभव साझा गर्दै आगामी दिनको कार्यदिशा तय गरिने बताउनुभयो ।

    सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकको इआईए स्वीकृत

    यसैबीच मन्त्री यादवले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा रहेको सालझण्डी–सन्धिखर्क–ढोरपाटन ७१ किमी सडक आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन ९इआईए० स्वीकृत गर्नुभएको छ ।

    मन्त्री यादवले वातावरण संरक्षण ऐन, २०७६ को दफा ७ को उपदफा ९५० र वातावरण संरक्षण नियमावली, २०७७ को नियम ९ को उपनियम ९८० बमोजिम प्रवद्र्धक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई संलग्न अनुसूचीका सर्तहरु पालना गर्ने गरी उक्त सडक निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन ९इआईए० स्वीकृत गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन ९इआईए० स्वीकृत नभएका कारण उक्त सडक निर्माणमा समस्या हुँदै आएको थियो । रासस

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित