FLASH NEWS
- Loading...
बँदेलका लागि थापेको पासोमा ‘चितुवा परेपछि’
- कृषि टि.भी.
- ७ महिना अघि
- ११९ पटक पढिएको

काठमाण्डौं । बैतडीमा बँदेलका लागि थापेको पासोमा चितुवा परेको छ । दशरथचन्द नगरपालिका–४ बिनासौँमा स्थानीयले जङ्गली बँदेलका लागि मकैबारीमा थापेको पासोमा चितुवा फसेको हो ।

डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलका अनुसार आज बिहान हेर्न जाँदा स्थानीयले चितुवा पासोमा परेको देखेका हुन् । उनले भने, ‘चितुवाको ढाडमा पासो परेको छ । उद्धारका लागि महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोली बैतडी आउँदैछ ।’
उद्धार टोली आज बेलुकासम्म आइपुग्ने बताइएको छ । ‘त्यतिबेलासम्म नेपाली सेनाको टोलीले चितुवालाई खोरमा हाल्ने प्रयास गर्नेछ’, कँडेलले भने ।

प्रतिक्रिया दिनुहोस
