FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • पाटनको कृष्ण मन्दिरमा उल्लेख्य भक्तजन

    • कृषि टि.भी.
    • ७ महिना अघि
    • १३० पटक पढिएको
    पाटनको कृष्ण मन्दिरमा उल्लेख्य भक्तजन

    काठमाडौं । पाटन मङ्गलबजार परिसरमा अवस्थित कृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजन भित्रिने क्रम जारी छ । आज भदौ कृष्ण अष्टमी अर्थात् ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व भएसँगै भगवान्को दर्शन तथा पूजा एवं आराधनाका लागि भक्तजन पाटन पुगेका छन् ।

    गए राति १ बजेदेखि दर्शनार्थीको चहलपहल मन्दिरमा रहेको मन्दिरका रेखदेखकर्ता भुवनबहादुर चित्रकारले बताउनुभयो । उहाँले भन्नुभयो, “भक्तजन आउने क्रम जारी छ ।” भगवान कृष्णको दर्शनका लागि एक पटकमा तीस महिला र सोही सङ्ख्यामा पुरुषलाई प्रवेशको व्यवस्था गरिएको चित्रकारले जानकारी दिनुभयो ।

    मध्यराति १२ बजे कृष्णको नित्यपूजा गरी मन्दिरको ढोका खोलेसँगै भक्तजनको प्रवेश गराइएको हो । मन्दिरका मूल पुजारी रुपनशर्मा राजोपाध्यायका अनुसार दर्शनार्थीले बिनाझन्झट पूजाआजा गरिरहेका छन् । दर्शन गर्ने कार्य व्यवस्थित बनाउन स्वयंसेवक खटाइएको मङ्गल टोल सुधार सङ्घका अध्यक्ष किरणमान प्रधानले बताउनुभयो ।

    कृष्ण मन्दिरभित्र मोबाइल तथा क्यामेरा लैजान निषेध गरिएको छ । कृष्ण भगवान्को उपासनामा दर्शनार्थीले भजनकीर्तन तथा नाचगानसमेत गरिरहेका छन् । महिला र पुरुषको छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित