FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • झापाकाे बुद्धशान्ति गाउँपालिकाले किसानलाई निशुल्क एआई (कृतिम गर्वाधान) सेवा दिने

    आ.व. २०८९/८० काे बजेट कार्यान्वयनमा आउने बित्तिकै यी याेजना संचालनमा आउने बताइएकाे छ ।
    • कृषि टि.भी.
    • १ साल अघि
    • १५३ पटक पढिएको
    झापाकाे बुद्धशान्ति गाउँपालिकाले किसानलाई निशुल्क एआई (कृतिम गर्वाधान) सेवा दिने

    झापाकाे बुद्धशान्ति गाउँपालिका वडा नं. १ ले वडाका किसानले पालेकाे गाई र भैँसीका लागि निशुल्क एआई (कृतिम गर्वाधान) सेवा प्रदान गर्ने भएकाे छ । त्यस्तै पशुपालन गर्ने किसानलाई पशुबिमा गर्न अभिप्रेरित गराउने उदेश्यले बिमा गर्न चाहने किसानका लागि बिमा शुल्कको आधा रकम वडाले नै बेहोर्ने भएकाे छ । वडाले पशुपालनमा किसान ब्यवसायिक बन्न प्रोत्साहित हुन भन्ने उदेश्यले किसानले पालेकाे गाई र भैँसीकाे पशु विमा गरिने वडा बैठकमा निर्णय भएकाे वडाध्यक्ष अनिल वाग्लेले बताएका छन् । उनले हरेक किसानका वढीमा दुईवटा गाई र भैँसीकाे बिमा गर्न वडाले विमा शुल्कको आधा रकम बेहोर्ने जानकारी दिए । त्यस्तै पशुलाई आवश्यक पर्ने क्याल्सियम सहुलियत दरमा उपलब्ध गराउन पनि वडाले सहजिकरण गरेकाे छ । आ.व. २०८९/८० काे बजेट कार्यान्वयनमा आउने बित्तिकै यी याेजना संचालनमा आउने बताइएकाे छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित