FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • पशु सेवा परिषद विधेयक किसानमूखी छ ,विधेयक रोक्ने गलत मनसाय देखियो

    यता विद्येयकबारे विभिन्न त्रुटि रहेको भन्दै नेपाल भेटेरिनरी एशोसिएसन र पशु चिकित्सा परिषद्ले विरोध जनाएका छ । एशोसिएसनले आफ्ना जायज माग सम्बोधन नगरेको र पशु चिकित्सकको अपमान गरेको भन्दै विधेयक फिर्ताको माग गरेको हो ।
    • कृषि टि.भी.
    • १ साल अघि
    • २९१ पटक पढिएको
    पशु सेवा परिषद विधेयक किसानमूखी छ ,विधेयक रोक्ने गलत मनसाय देखियो

    नेपाल एनमिल साइन्स एशोसिएसन, नेपाल पाराभेटेनिरिनरी एण्ड लाइभष्टक एशोसिएसन र नेपाल पशुस्वास्थ्य सेवा प्राविधिक संघले पशु स्वास्थ्य तथा पशु सेवा परिषद विधेयक – २०७९ को समर्थन गरेका छन् । आइतबार काठमाडौँमा पत्रकार सम्मलेन गर्दै उक्त संघ,संस्थाहरुले विधेयकको विरोध गर्नु नपर्ने बताएका हुन्। पशु स्वास्थ्य तथा पशु सेवा परिषद विधेयक किसानमूखी रहेको र त्यसको विरोध गर्नुको कुनै तुक नरहेको उनिहरुले बताएका छन् ।


    नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एशोसिएसनका अध्यक्ष रामप्रसाद मेहताले विधेयक रोक्ने गलत मनसायका साथ नेपाल भेटेनरी एशोसिएनले विरोध गरिरहेको बताए । विधेयक निर्माणका सबै सरोकारवाला निकाय र विज्ञको राय सुझाव समेटिएकाले अहिले विरोध गर्नुको कुनै तुक रहेको उनले बताए ।


    विधेयकका बारेमा गरिएका अनर्गल प्रचार प्रसार गरेर विधेयक रोक्दै पशु चिकित्सा क्षेत्रलाई ट्रयाक बाहिर लैजाने खेल भएको उनले बताए । विधेयकलाई स्वीकृत गरी करिब ६० हजार भन्दा बढी पशु सेवाकर्मी प्राविधिक, प्राध्यापकहरु, अनुसन्धानकर्ताहरु, वैज्ञानिकहरु र विज्ञहरुले गर्ने कार्यलाई कानुनी दायरामा ल्याउने तथा देशकै समृद्धिमा सहयोग पुर्याउन सहयोग पुग्ने उनले बताए । यता विद्येयकबारे विभिन्न त्रुटि रहेको भन्दै नेपाल भेटेरिनरी एशोसिएसन र पशु चिकित्सा परिषद्ले विरोध जनाएका छ । एशोसिएसनले आफ्ना जायज माग सम्बोधन नगरेको र पशु चिकित्सकको अपमान गरेको भन्दै विधेयक फिर्ताको माग गरेको हो । एशोसिएसनले विज्ञप्ती जारी गर्दै राष्ट्रिय सभामार्फत उक्त विधेयक फिर्ता हुनुपर्ने र यदि नभए चरणवद्ध आन्दोलनका कार्यक्रम समेत घोषणा गरिसकेको छ । विगतमा एशोसिएसनले उठाएका मुद्धा सम्बोधन नगरी गोलमोटल शव्दहरु राखी विधेयक पारित गरिएको प्रति गम्भीर असहमति रहेको जनाएको छ ।

     

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%