- Loading...
कुचो संघको अध्यक्षमा दोहोरिए राजकुमार कार्की
- कृषि टि.भी.
- ७ महिना अघि
- १०५ पटक पढिएको

काठमाण्डौं । नेपाल कुचो संघको अध्यक्षमा सर्वसम्मत रुपमा राजकुमार कार्की चयन भएका छन् । शनिबार काठमाडौंमा भएको संघको प्रथम अधिवेशन तथा साधारण सभाबाट कार्की पुनः अध्यक्षमा चयन भएका हुन् ।

प्रथम अधिवेशनले २१ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको नवनिर्वाचित अध्यक्ष कार्कीले जानकारी दिए । अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा खेम पोखरेल चयन भएका छन् । त्यस्तै तीन उपाध्यक्षमा रविन्द्र खड्का, मात्रिका घिमिरे र सुवास बोलखे चयन भएका छन् । महासचिवको जिम्मेवारीमा धनपति पोखरेल रहँदा दुई सचिवमा राजीव रौनियार र शुसिल गौतम चयन भएका छन् ।
कोषाध्यक्षमा रुष्मा खतिवडा चयन हुँदा संघको प्रदेशक एक अध्यक्षको जिम्मेवारी हेमचन्द्र बोहोराले पाएका छन् । प्रदेश संरचनामा अहिले १ नम्बर प्रदेशमात्र रहेकाले अन्य प्रदेशमा विस्तार गर्ने योजना रहेको नवनिर्वाचि अध्यक्ष कार्कीले जानकारी दिए ।
अधिवेशनका अवसरमा संघले उत्कृतष्ट निर्यातकर्ताका रुपमा सञ्जिव साहलाई सम्मान गरेको छ । त्यस्तै गोकर्णश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसाल र इलामको इलाम नगरपालिकाका मेयर केदार थापालाई सम्मान गरिएको थियो ।
साधारण सभा तथा अधिवेशनको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका कार्यबाहाक अध्यक्ष चन्द्र प्रसाद ढकालले गरेका थिए । ढकालले कुचो व्यवसायमा संलग्न व्यवसायीहरुलाई उत्पादन बढाएर निर्यात बढाउने तर्फ ध्यान केन्द्रित गर्न आग्रह गरेका थिए ।
निर्यातलाई सहज बनाउनका लागि महासंघले पहल गर्ने बताएका उनले अहिलेकोभन्दा धेरै निर्यात गर्न व्यवसायीले धेरै उत्पादन गर्नु पर्ने बताए । अहिले अनौपचारीक रुपमा ३–४ अर्बको निर्यात हुने गरेको तथ्यांक रहेकोभन्दै यो भन्दा पनि अझ बढाउन उनले आग्रह गरे । ‘यस क्षेत्रबाट मात्र औपचारिक तथा अनौपचारिक रुपमा लगभग ४ अर्ब रुपैयाँको निर्यात भएको भन्ने सुनेको छु । यसलाई अझ बढाउन आवश्यक छ । तपाईहरुले यस क्षेत्रका समस्याहरु लिखितरुपमै तयार गरेर आउनुभयो भने म नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको रुपमा महासंघको तर्फबाट नेपाल सरकार तथा सरोकारवाला निकायसँग छलफल गरी तपाईहरुका समस्या समाधान गर्न तयार रहनेछु,’ उनले भने ।
त्यस्तै महासंघका पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले राज्यले निकासीका लागि निकै कम बजेट मात्रै व्यवस्था गर्ने गरेको आरोप लगाएका छन् । सरकारले बजेट व्यवस्थापन नै गरेको छैन् । साना उद्योगलाई बजेट व्यवस्था गर्नु पर्ने उनको भनाइ छ ।
त्यस्तै उद्याग वाणिज्य महासंघका वस्तुगत तर्फका उपाध्यक्ष अंगत श्रेष्ठले व्यवसायी एकीकृत हुन नसक्दा राज्य तथा व्यवसायीलाई नै घाटा हुने गरेको बताए । कुचो व्यवसायीले अम्लिसोको कुचो मात्रैभन्दा पनि टुतपिक लागयतका बस्तु समेत उत्पादन गर्ने तर्फ ध्यान दिनु पर्ने उनको भनाइ थियो । अर्थतन्त्रमा ७७ प्रतिशत योगदान रहेको निजी क्षेत्रसँग सरकारले समन्वय गर्नु पर्ने आवश्यकता रहेको उनको धारणा छ ।

