FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कृषि क्षेत्रमा नेपाली कामदार इजरायल पठाउन सरकारले थाल्यो प्रक्रिया

    ३० साउन २०७९ मा नेपालका लागि इजरायली राजदूत हनान गोदेर र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरबीच भेटवार्ता भएको थियो । उक्त भेटको क्रममा राजदूत हनानले कृषि क्षेत्रका लागि समेत कामदार लैजान लागेको जानकारी गराएका थिए ।
    • कृषि टि.भी.
    • ६ महिना अघि
    • २०१ पटक पढिएको
    कृषि क्षेत्रमा नेपाली कामदार इजरायल पठाउन सरकारले थाल्यो प्रक्रिया

    इजरायलले कृषि क्षेत्रका लागि समेत नेपाली कामदार लैजाने भएको छ । एक हजार जना स्वास्थ्य सहायक (केयर गिभर) कामदार लगेको इजरायलले अब कृषि क्षेत्रका लागि कामदार लैजान लागेको हो । जुन कुराको जानकारी इजरायलले नेपाल सरकारलाई गराइसकेको छ । ३० साउन २०७९ मा नेपालका लागि इजरायली राजदूत हनान गोदेर र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरबीच भेटवार्ता भएको थियो । उक्त भेटको क्रममा राजदूत हनानले कृषि क्षेत्रका लागि समेत कामदार लैजान लागेको जानकारी गराएका थिए । मन्त्रालयले त्यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । सन् २०२० को सेप्टेम्बरमा नेपाल र इजरायलबीच सम्झौता भएको थियो । सोही सम्झौता अनुसार सन् २०२२ मा एक हजार १४७ जना नेपाली कामदार इजरायल गइरहेका छन् । केयर गिभरका लागि गएका नेपालीहरूको कामबाट इजरायल र इजरायली कम्पनीहरू सन्तुष्ट छन् । सोही आधारमा कृषि क्षेत्रमा पनि कामदार लैजाने प्रक्रिया अगाडि बढेको हो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    ३%१%