- Loading...
निर्यात अनुदानको कार्यविधि तत्काल बनाउन अर्थमन्त्रीको निर्देशन
- कृषि टि.भी.
- ६ महिना अघि
- ८३ पटक पढिएको

काठमाडौं । निर्यात अनुदानको कार्यविधि तत्काल बनाउन अर्थमन्त्री जनार्दन शर्मा निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा व्यपारीहरुसँग भएको छलफलमा बोल्दै मन्त्री शर्माले अर्थ सचिव र राजस्व सचिवलाई निर्यातमा आधारित नगद प्रोत्साहन तुरुन्त पाउने गरी कार्यविधि बनाउन निर्देशन दिएका हुन् । उनले पैसा आएको भोलिपल्ट पाउने खालको कार्यविधि बनाउनु पर्ने बताए ।

अर्थमन्त्री शर्माले मूल्य अभिवृद्धिकै आधारमा निर्यात अनुदानको व्यवस्था गरिने पनि बताए । नेपालमा उत्पादन हुने वस्तुको निर्यात गरेबापत सरकारले अनुदान दिने व्यवस्था गरेको छ। आर्थिक वर्ष २०६७÷०६८ को बजेटमा निर्यात गर्ने उद्योगलाई निर्यातबाट प्राप्त विदेशी मुद्रा बैंक दाखिला भएको प्रमाणको आधारमा नगद अनुदान प्रदान गर्ने व्यवस्था गरेको थियो।
उक्त व्यवस्था कार्यान्वयनका लागि निर्यातमा नगद अनुदानसम्बन्धी कार्यविधि, २०६८ जारी गरिएको थियो। सो परिमार्जन गरी निर्यातमा अनुदान प्रदान गर्ने सम्बन्धी कार्यविधि पहिलो संशोधन २०७५ कार्यान्वयनमा रहेको छ। उक्त कार्यविधि पनि संशोधन गर्नुपर्ने छ । उक्त अनुदान पाउन भने झन्झटै–झन्झट रहेको छ ।

