FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • भारतीय केराको आयात नरोकिए आन्दोलन गर्ने चितवन केरा उत्पादक सङ्घ चितवनको चेतावनी

    • कृषि टि.भी.
    • ६ महिना अघि
    • १२० पटक पढिएको
    भारतीय केराको आयात नरोकिए आन्दोलन गर्ने चितवन केरा उत्पादक सङ्घ चितवनको चेतावनी

    काठमाण्डौं । चितवन केरा उत्पादक सङ्घले भारतीय केराको आयत नरोकिए आन्दोलन गर्ने चेतावनी दिएको छ । दसैँ, तिहार, छठ जस्ता चार्ड पर्वमा केराको माग अत्यधिक हुने गरेको छ । तर यस्ता चाडपर्वमा भारतीय केरा अत्यधिक आयात हुँदा नेपाली किसान भने मर्कामा पर्दै आएपछि किसानहरुले भारतीय केरा आयात रोक्न माग गरेका हुन् । उनीहरूले भारतबाट दैनिक रूपमा भित्रिने केराका कारण जिल्लामा उत्पादित केरा बिक्री नभएको भन्दै भदौ २९ गतेसम्म भारतीय केरा आयात नरोके आन्दोलन गर्ने चेतावनी दिएका छन् । चाडपर्वलाई लक्षित गरेर चितवनका किसानले केरा उत्पादन गर्दै आएका छन् । तर अहिलेदेखि नै भारतीय केरा आयातले मूल्य घटेको र उत्पादित केरा विक्री हुन समेत छाडेको सङ्घले जनाएको छ । संघका अनुसार भारतबाट दैनिक १५ ट्रक केरा आयत हुँदै आएको छ । चितवन केरा उत्पादनका हिसाबले अब्बल जिल्ला हो । चितवनमा उत्पादित केरा विशेष गरेर काठमाडौँ, दाङ, पोखरा, बागलुङ, पर्वत, बुटवल लगायत ठाउँमा खपत हुने गरेको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%