- Loading...
मुगुका किसानलाई स्याउ टिप्ने चटारो
- कृषि टि.भी.
- ६ महिना अघि
- १३१ पटक पढिएको

सनत कुमार हमाल, मुगु । यती बेला मुगुका किसानलाई स्याउ टिप्पे चटारो छ । कर्णाली प्रदेशको मुगु जिल्ला स्याउ उत्पादनका हिसाबले धेरै स्याउ उत्पादन हुने जिल्ला पनि हो । अहिले जिल्लाको विभिन्न ठाउँमा किसानहरुलाई स्याउ टिप्पन भ्याइनभ्याइ छ । व्यवसायीक रुपमा स्याउ खेती गरेका किसानहरुको अहिलेको दैनिकि बिहान देखि बेलुका सम्म स्याउ टिप्नु हो । उनीहरु बिहान देखि बेलुका सम्म स्याउ टिप्न व्यस्त देखिन्छन् । यहाँका स्थानीयको आम्दानीको स्रोत स्याउ नै हो । स्याउ बिक्रीबाटै बर्षभरको घर खर्च धान्नुपर्ने बाध्यता स्थानीयमा छ ।

स्याउ उत्पादन राम्रो र आम्दानी पनि सोचे अनुसार भएपछि पछिल्लो समय मुगुका किसानहरु व्यवसायीक स्याउ उत्पादनमा आकर्षित हुँदै गएका छन् । स्याउ खेति जिल्ला भरिनै गरिए पनि बिशेसगरि जिल्लाको ताल्च, कालापाल्त, बाम, घट्टलेख, रोवा, सोभा, खमाले, रोल, लगायत का ठाउ लाइ स्याउको पकेट छेत्र मानिन्छ । मुगु जिल्ला स्याउ उत्पादनका लागि आवश्यक मौसम र हावापानीका लागि उपयुक्त ठाउ समेत हो
जिल्लामा स्याउ जोन कार्यक्रम पनि लागु भएको छ । गतबर्ष मुगुमा ३ हजार ४ सय ९० टन स्याउन उत्पादन भएको थियो भने यस बर्ष १५ प्रतिशतले उत्पादन बृद्धिहुने अनुमान गरिएको छ ।
जिल्लामा बिभिन्न जातको स्याउ उत्पादन हुने गरेपनि बिशेस गरि तिन जात रोयल डेलिसेस, गोल्डन डेलीसेस, रेड डेलिसेस जात को स्याउ उत्पादन राम्रो मान्निछ । यहाँ उत्पादन हुने स्याउ नेपालका विभिन्न शहरमा पुग्छ ।

