- Loading...
गुलरियाका किसानलाई ३० प्रतिशत अनुदानमा विद्युत्तीय च्यापकरण
- कृषि टि.भी.
- १ साल अघि
- १३२ पटक पढिएको

शिवा शर्मा, बर्दिया । बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा न.४ का किसानलाई ३० प्रतिशत अनुदानमा च्यापकटर वितरण गरिएको छ । दिगोपन सामाजिक उद्यमी महिला सहकारी संस्थाले सहकारीमा अवाद्ध १ सय पशुपालक किसानहरुलाई हेफर इन्टरनेश्नल नेपालकले सवलिकरण परियोजना अन्र्तगतको आर्थिक सहयोग र भेरी वातावरणिय विष्टिता समुह –बी ग्रुपको) साझेदारीमा विद्युतीय च्यापकटर वितरण गरेको हो । च्यापकटर पाएपछि कृषकहरु उत्साहित भएका छन् । घरखर्च चलाउनका लागि मात्र दुई तीन वटा पशुपाल्दै आएका किसान व्यवसायिक पालन गर्ने योजनमा छन् ।

हेफर ईन्टरनेश्नल नेपालले किसानहरुलाई गाई देखि कृषि कर्मका लागि आवश्यक मेशिनसम्म समेत सहयोग गर्दै आएको छ । मेशिन प्रयोगले समयको बचत र काम गर्न सहज भएको किसानहरुको भनाई छ ।
सामाग्री वितरण कार्यक्रममा बोल्दै हेफरका कार्यक्रम अधिकारी प्रदिम शार्माले हेफर ईन्टरनेश्नल नेपालले विगत लामो समयदेखी साना किसानहरुको संस्था सवलिकरण परियोजना संचालन गर्दै आईरहेको जानकारी दिदै दिगोपन सामाजिक उद्यमी महिला सहकारी संस्था लि. मा कृषि उपकरण च्यापकटर वितरण गर्ने कार्यक्रम रहेको बताए ।
२०६८ सालमा न्युन सदस्यको सहभागितामा स्थापना भइ संचालन गरीएको सहकारीमा हाल ८ सय भन्दा अधिक महिला शेयर सदस्यहरु रहेको र सबै महिला शेयर सदस्यहरु कृषि उद्यमी, पशुपालकनमा आवद्ध छन् । अहिले सहकारीमार्फत दैनिक १ हजार भन्दा बढी दुध संकलन हुदै आएको छ । च्यापकटर वितरण कार्यक्रमका लागि हेफरले २९ लाख ५० हजार उपलब्ध गाएको छ ।
उक्त कार्यक्रममा गुलरिया नगरपालिकाका वडा न. ४ र ५ का वडा अध्यक्ष्य ,प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका कार्यलय प्रमुख,ह ेफर ईन्टरनेश्नलका कार्यक्रम अधिकृत ,लगायतको उपस्थिती थियो ।

