FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • भारतले गहुँ पछि कनिका निर्यातमा पनि लगायो रोक

    • कृषि टि.भी.
    • ६ महिना अघि
    • १२६ पटक पढिएको
    भारतले गहुँ पछि कनिका निर्यातमा पनि लगायो रोक

    काठमाडौं । भारतले धान र चामलको निर्यातमा लाग्ने करको दर वृद्धि गरेको छ भने कनिकाको निर्यातमा रोक लगाएको छ । भारतले आफूले निर्यात गर्ने सेतो र खैरो धान÷चामलमा २० प्रतिशत कर वृद्धि र कनिका निर्यातमा रोक लगाउने निर्णय गरेको हो । बुधबारेदेखि लागू हुने गरी भारत सरकारले गरेको सो निर्णय बिहीबारदेखि कार्यान्वयनमा आएको छ ।

    आर्थिक वर्ष २०७८÷०७९ मा नेपालले ४७ अर्ब ५७ करोड ३६ लाख रुपैयाँको धान, चामल र कनिका आयात गरेको थियो । २९ अर्ब ४ करोड ५७ लाख मूल्य बराबरको ५२ करोड ८३ लाख किलो चामल, १६ अर्ब ९९ करोड मूल्यको ५५ करोड १७ लाख किलो धान र एक अर्ब ५३ करोड मूल्यको ५० करोड ३९ लाख किलो कनिका नेपालले आयात गरेको थियो । कनिका निर्यात प्रतिवन्ध लगाउने निर्णयले नेपालका वियर उद्योग र दाना उत्पादनमा असर पर्ने सम्भावना बढेको छ ।

    आफ्नो उत्पादन घटेको र विश्वभर खाद्य संकटको अवस्था देखिएकाले आफ्नो बजार मूल्य नियन्त्रण गर्न भारतले धान चामल निर्यातमा रोक लगाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । चीनपछि विश्वको दोस्रो ठूलो धान उत्पादक भारतको विश्व व्यापारमा ४० प्रतिशत हिस्सा ओगटेको छ । भारतले गहुँ निकासीमा यसअघि नै प्रतिबन्ध लगाइसकेको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित