FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • सरकारले बजार अनुगमनलाई तीव्रता दिने

    देशका ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयमार्फत अनुगमनलाई चुस्त बनाउन आग्रह गरिएको पनि उनले बताए। यस्तै, ७७ वटै जिल्लाका ७५३ वटै स्थानीय तहहरूलाई पनि बजार अनुगमन गर्ने अधिकार रहेकाले तहहरूको समन्वयमा पनि अनुगमन गरिने उनले बताए।
    • कृषि टि.भी.
    • ६ महिना अघि
    • ५५ पटक पढिएको
    सरकारले बजार अनुगमनलाई तीव्रता दिने

    दशैं, तिहार, छठजस्ता चाडपर्व नजिकिएसँगै सरकारले बजार अनुगमनलाई तीव्रता दिने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वको मुखमा हुनसक्ने कालोबजारी, महँगी तथा म्याद गुज्रिएका खाद्यवस्तुको व्यापार हुन सक्ने भएकाले अनुगमलाई तीव्रता दिने जनाएको छ ।
    विभागका निर्देशक होमनाथ भट्टराईका अनुसार बजारमा हुन सक्ने महँगी, खाद्य वस्तुको गुणस्तर तथा म्याद गुज्रेका वस्तुको व्यापार हुन नदिई उपभोक्ताको अधिकार सुनिश्चित गर्न बजार अनुगमनलाई तीव्रता दिइनेछ । विभागले अहिले पनि देशैभर दैनिक रूपमा अनुगमनलाई अघि बढाइरहेको छ । भट्टराईका अनुसार अहिले काठमाडौं उपत्यका बाहिर विभागका पाँच वटा कार्यालयले दैनिक बजार अनुगमन गरिरहेका छन् । धनगढी , नेपालगन्ज, भैरहवा, वीरगन्ज र विराटनगरमा रहेका विभागका कार्यालयबाट बजार अनुगमन दैनिकरुपमा भइरहेको उहाँको भनाइ छ । अनुगमनका क्रममा कुनै त्रुटि भेटिए तत्काल त्यहीँ आर्थिक जरिवाना गरिने उनको भनाइ छ ।
    देशका ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयमार्फत अनुगमनलाई चुस्त बनाउन आग्रह गरिएको पनि उनले बताए। यस्तै, ७७ वटै जिल्लाका ७५३ वटै स्थानीय तहहरूलाई पनि बजार अनुगमन गर्ने अधिकार रहेकाले तहहरूको समन्वयमा पनि अनुगमन गरिने उनले बताए।

    गत आवमा एक करोड ८१ लाख ९६ हजार जरिवाना गत आव २०७८/७९ मा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजार अनुगमनका क्रममा मापदण्ड विपरीत खाद्य पदार्थ विक्री वितरण गरेको भेटिएबापत विभिन्न फर्महरूबाट एक करोड ८१ लाख९६ हजार राजस्व सङ्कलन भएको छ ।

    विभागका निर्देशक होमनाथ भट्टराईका अनुसार देशभर तीन हजार १४७ वटा फर्म अनुगमनका क्रममा एक हजार ३३१ वटा फर्महरू कारबाहीमा परेका हुन् । यी फर्मबाट नै एक करोड ८१ लाख ९६ हजार जरिवाना सङ्कलन भएको भट्टराईले बताए । आगामी हप्ताबाट उपत्यकामा चाडपर्वलक्षित बजार अनुगमन हुने आगामी हप्तादेखि उपत्यकाका तीन वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयहरूले चाडपर्वलक्षित बजार अनुगमन गर्ने भएका छन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित