- Loading...
छायानाथ रारा नगरपालिकाको सय दिनको प्रगति विवरण सार्वजनिक, यस्ता छन् उपलब्धी
- कृषि टि.भी.
- ६ महिना अघि
- ११८ पटक पढिएको

सनत कुमार हमाल, मुगु । छायानाथ रारा नगरपालिकाको सय दिनको प्रगति विवरण सार्वजनिक गरेको छ । मुगुको छायानाथ रारा नगरपालिकाले आफ्नो सय दिनको प्रगति विवरण सार्वजनिक गरेको छ । स्थानीय तहको निर्वाचन २०७९ बाट निर्वाचित भए पश्चात् नगर प्रमुख विष्णुकुमार भाम र जनप्रतिनिधिले सय दिनको अवधिमा गरेकाे उल्लेखनीय कामको प्रगति सार्वजनिक गरेका हुन् । नगर प्रमुख भामले कार्यभार सम्हालेको एक सय दिन पुगेपछि उनले सय दिनको अवधिमा आफूले गरेका काम अर्थात् प्रगति विवरण सार्वजनिक गरेका छन् ।

यस्ता छन् छायानाथ रारा नगरपालिकाले सय दिनमा गरेका मुख्य काम :
१. बजारको फोहोर व्यवस्थापनमा जोड
२. स्वास्थ्य , शिक्षाको निरन्तर छड्के अभियान
३. बजारमा डस्विन व्यवस्थापन
४. खानेपानीका पाइप व्यवस्थापन
५. नगर सुधार गृहको कार्यविधि पास
६. नक्सा पास कार्यविधि निर्माण
७. पशुपालन कार्यविधि निर्माण
८. विपत् व्यवस्थापन केन्द्र स्थापना
९. सडक मर्मत तथा निर्माण फुली, लुम्स, ठिनी, बालै, चैनभीरलगायत स्थानमा
१०. मासिक बैठक निरन्तर
११. बियरका बोतल तथा सिसा संकलन
१२. नगर प्रहरी सामाजिक कार्यमा परिचालन
१३. करको दायरा राजश्व संकलनमा जोड
१४. रंगशाला निर्माणको लागि पहल
१५. हाटबजार व्यवस्थापनको लागी पहल
१६. बसपार्क व्यवस्थापनको लागी सार्वजनिक शौचालय निर्माण
१७. पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा
१८. गमगाढ हाइड्रोपावर २ सञ्चालनको लागी मन्त्रालय बाट अनुमित
१९. डाक्टर व्यवस्थापनका लागी कर्णाली प्रदेश सरकारसँगको समन्वय
२०. आव २०७८ , ७९को वार्षिक बजेट काम अनुसारको मात्रै भुत्तानी
२१. विमानस्थलमा र गमगढी बजारमा फ्री वाईफाई राख्ने नीति कार्यान्वयन गरिएको
२२. पशुपालन कृषक लाई सामाग्री वितरण
२३. सुनौला हजारका महिलाहरूलाई पोषण सामाग्री वितरण
२४. रातो किताब छपाई
२५. योजना सम्झौता गर्दा ३ वटा कागज प्राविधिक, उपभोक्ता समिति र समावेशी
साथै जिल्लामा रहेका सोरु गाउँपालिका, खत्याड गाउँपालिका र मुगुम कार्मारोङ्ग गाउँपालिका मध्ये पहिलो पटक छायानाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णु कुमार भामले आफू निर्वाचित भई सकेपछि सय दिनभित्र गरेका प्रगति विवरणहरूको सार्वजनिक गर्ने पहिलो जनप्रतिनिधि हुन् । सूचना पाउनु नागरिकको कर्तव्य भएकोले अब छायांनाथ रारा नगरपालिकाले सय दिनको सेरोफेरोमा रहेर प्रगति विवरण सार्वजनिक गर्ने छायांनाथ रारा नगरपालिका का नगर प्रमुख बिष्णु कुमार भामले बताए ।

