FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • सरकारले खोल्यो केराउ, सुपारी र मरिचको आयात

    • कृषि टि.भी.
    • ६ महिना अघि
    • ८८ पटक पढिएको
    सरकारले खोल्यो केराउ, सुपारी र मरिचको आयात

    काठमाण्डौं । सरकारले केराउ, सुपारी र कालो मरिचको आयात प्रतिबन्ध खुला गरेको छ। राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले केराउ, सुपारी र कालो मरिचको आयात प्रतिबन्ध खुला गरेको हो।

    यी तीन वस्तुको आयातमा गत आर्थिक वर्षदेखि सरकारले प्रतिबन्ध लगाएको थियो। सरकारले प्रतिबन्ध खोल्दै उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरीचको पैठारीलाई व्यवस्थित गर्ने सम्बन्धी कार्यविधि २०७८ को प्रक्रिया पूरा गरी यी वस्तु आयात गर्न सकिने जनाएको छ ।

    ‘उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ, केराउ, सुपारी र कालो मरिचको पैठारीलाई व्यवस्थित गर्ने सम्बन्धी कार्यविधि, २०७८ को प्रक्रिया पुरा गरेर चालू आर्थिक वर्षका लागि मात्र कच्चा पदार्थको रूपमा पैठारी गर्न अनुमति दिने निर्णय भएको छ,’ प्रकाशित राजपत्रमा भनिएको छ।

    नेपालमा तेस्रो मुलुकबाट उक्त वस्तुहरु आयात गरी भारततर्फ तस्करी हुने गरेको पाइएपछि सरकारले २४ चैत २०७६ मा राजपत्रमा सूचना प्रकाशित गरी आयात रोकेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित