FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्लाई पूर्णता

    • कृषि टि.भी.
    • ६ महिना अघि
    • १०९ पटक पढिएको
    वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्लाई पूर्णता

    काठमाडौं । सरकारले रिक्त रहेको वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्लाई पूर्णता दिएको छ । सरकारले वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को विज्ञ सदस्यमा डा विमल रेग्मीलाई नियुक्त गरेसँगै परिषद्ले पूर्णता पाएको हो ।

    वातावरण संरक्षण ऐन २०७६ को दफा ३२ मा राष्ट्रिय परिषद् गठन गर्ने व्यवस्था रहेको छ । परिषद्को अध्यक्षमा प्रधानमन्त्री रहने व्यवस्था छ ।

    सोहीअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले परिषद्को गठन गर्नुभएको हो । परिषद्को विज्ञ सदस्यमा डा रेग्मी नियुक्त हुनुभएको छ । जलवायु परिवर्तन तथा अनुकूलनमा विद्यावारिधि गर्नुभएका रेग्मीले दुई दशकभन्दा बढी समय जलवायु परिवर्तन, जैविक विविधतामा काम गर्दै आउनुभएको र हाल उहाँले अक्सफोर्ड पोलिसी म्यानेजमेन्ट नेपालमार्फत सरकारलाई जलवायु परिवर्तन तथा अनुकूलनका नीतिगत सुधारमा काम गर्दै आउनुभएको बताइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित