- Loading...
सप्तरीमा ८५ भूमिहीन सुकुम्वासीहरुलाई लालपूर्जा वितरण
- कृषि टि.भी.
- ६ महिना अघि
- ८६ पटक पढिएको

काठमाण्डौं । राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्वासी र भूमिहीन दलितलाई लालपूर्जा वितरणको कामलाई तिब्र पारेको जनाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले सप्तरी जिल्लाको अग्नीसाइर कृष्णसवरण गाउँपालिकामा ८५ भूमिहीन सुकुम्वासी परिवारलाई लालपूर्जा वितरण गरीन । राष्ट्रिय भूमि आयोग जिल्ला समिति सप्तरीले अग्नीसाइर कृष्णसवरण गाउपालिकाको वडा नं. ४ मा आयोजना गरेको भूमिहीन सुकुम्वासीलाई लालपूर्जा वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले लालपूर्जा वितरण गर्दै भूमिहीन सुकुम्वासी र भूमिहीन दलितको समस्या समाधानको कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताइन् । स्थानीय तहले उरर्वर भूमिलाई आवासीय क्षेत्रमा वर्गीकरण गर्दा क्षणिक फाइदा भएपनि दिगो रुपमा असर पर्ने भन्दै भूमिको उचित मुल्याङ्कन गरी कृषि योग्य भूमिको संरक्षण गर्न आग्रह गरीन् । उनले नीति तथा कार्यक्रम र वजेटमा समेत आगामी २ वर्ष भित्र भूमिसँग जोडिएका सवै खालका समस्या समाधान गरीसक्ने भनिएकाले यही आर्थिक वर्षभित्र ३०० पालिकाकाका पाँचलाख भूमिहिनलाई लालपूर्जा वितरण गरिसक्ने गरी अगाडी बढेको बताइन् ।


