FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • सुन्दर ट्रेडर्सले नेपाली बजारमा भित्रायो आर्चर स्कुटर, यस्ता छन् विशेषता

    • कृषि टि.भी.
    • ६ महिना अघि
    • २५१ पटक पढिएको
    सुन्दर ट्रेडर्सले नेपाली बजारमा भित्रायो आर्चर स्कुटर, यस्ता छन् विशेषता

    काठमाडौं । सुन्दर ट्रेडर्स प्राइभेट लिमिटेडले नेपाली बजारमा भारतीय ब्राण्डको आर्चर स्कुटर भित्रिएको छ । नेपालका लागि आधिकारिक बिक्रेता सुन्दर ट्रेडर्सले मंगलबार (असोज ४ गते) काठमाडौंमा एक कार्यक्रम गरी आर्चर लन्च मोडेलको इलेक्ट्रिक स्कुटर नेपाली बजारमा ल्याएको हो ।

    नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्कुटर सार्वजनिक गरेका थिए ।

    स्कुटर सार्वजनिकपछि बोल्दै घिसिङले विद्युत खपत बढाउन इलेक्ट्रिक सवारीसाधन प्रयोगमा जोड दिनुपर्ने बताए । उनले सवारिसाधन प्रयोग गर्ने यात्रुलाई पनि भाडा सस्तो पर्ने हुदाँ आगामी दिनमा इलेक्ट्रिक गाडीलाई उच्च प्राथामिकतामा राखेर अगाडी बढ्नुपर्ने बताए ।

    स्कुटरको विशेषता र बजार मूल्य

    कम्पनीले मंगलबारदेखि नै स्कुटर बिक्रीका लागि खुला गरिसकेको छ । प्रति घण्टा अधिकतम ४५ किलो

    मिटरको गतिमा गुड्नसक्ने यो स्कुटरमा ४८ भोल्टेजको लिथियम ब्याट्री जडान गरिएको छ ।

    ३ हजार ५ सय आरपीएममा ५.४४ किलोवाट पावर र २९ एनएम टर्क जेनेरेट गर्छ । ब्याट्री क्षमता १० किलोवाट प्रति घण्टा रहेको स्कुटरको ब्याट्री फुल चार्ज गर्न ३ घण्टा ४५ मिनेट लाग्छ ।

    त्यस्तै एक पटकको सिङ्गल चार्जमा २०० किलोमिटर सम्म गुडाउन सकिने कम्पनीका अध्यक्ष भेष बहादुर थापाले जानकारी दिए ।
    तीन बर्षको वारेन्टी दिइएको यस स्कुटरमा दुई जना सहज रुपमा यात्रा गर्न सकिने थापाको दाबी छ । कम्पनीले स्कुटरको बजार मूल्य २ लाख ४० हजार निर्धारण गरेको छ ।

    कहाँ –कहाँ बन्दैछ चार्जिङ स्टेशन

    केही बर्ष यता सुन्दर ट्रेडर्सलले विद्युतबाट सञ्चालन गर्न सकिने सार्वजनिक यातायातहरू सञ्चालन गरिरहेको छ । यातायात सञ्चालनसँगै यसका लागि ट्रेडर्सले देशका २५ ठाउँमा आधुनिक चार्जिङ स्टेशन निर्माणको तयारी समेत गरीरहेको जनाएको छ ।

    कम्पनीका अध्यक्ष भेषबहादुर थापाका अनुसार केही जिल्लामा चार्जिङ स्टेसन निर्माण भई सञ्चालनको अन्तिम चरणमा छ । ट्रेडर्सले रुपन्देही जिल्लाको बुटवल महानगरपलिाकामा सुन्दर यातायात आधुनिक चार्जिङ स्टेसन निर्माणको काम अन्तिम चरणमा पु¥याएको जनाएको हो ।

    यस्तै, सर्लाही जिल्लाको ढल्केबार आधुनिक चार्जिङ स्टेसन निर्माणको कार्य अघि बढाइएको छ । काठमाडौंको धुम्बाराई, सितापाइला र भक्तपुरको राधेराधेमा पनि सुन्दर यातायात आधुनिक चार्जिङ स्टेसन निर्माणको काम अगाढी बढाइएको कम्पनीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित