FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • मुगुमा पनि दशै तिहार लक्षित सुपथ मुल्य पसल सञ्चालन

    • कृषि टि.भी.
    • ६ महिना अघि
    • ८३ पटक पढिएको
    मुगुमा पनि दशै तिहार लक्षित सुपथ मुल्य पसल सञ्चालन

    सनत कुमार हमाल, मुगु । सरकारले देशभर दसैँतिहार लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याए संगै मुगुमा पनि सुपथ मुल्य पसल सञ्चालनमा आएको छ । अहिले सुपथ मूल्यमा चामल, दाल र तेल विक्री शुरु गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगुले असोज १ गतेबाट सुपथ मूल्यमा चामल, दाल तथा तेल विक्री सुरु गरेको हो । खाद्य कम्पनी मुगुले चामल र दालमा प्रतिकिलो ७ रुपयाँका दरले छुट दिएको छ । चाडपर्व लक्षित सञ्चालित सुपथ पसलले नागरिकलाई राहत मिलेको छ ।

    छुट मूल्यमा चामल पाउन सेवाग्राहीले नागरिकताको प्रतिलिपी लिएर गए प्रति व्यक्ति ५० केजी चामल, दाल, तेल पाउने छ् । यो सेवाले मुग बासीलाई राहत भएको स्थानीय बताउँछन् ।

    कम्पनीले मुगुमा ६ प्रकारका चामल र १ प्रकारको दाल सुपथ मूल्यमा बिक्री गरिरहेको छ । चाडपर्वलाई लक्षित गरी मुगु शाखाले १५ सय क्विन्टल चामल सहुलियत मुल्यमा विक्री गर्ने योजना बनाएको छ । तर मुगुका लागि १५ सय क्विन्टल चामल भने अपुग छ ।

    सुपथ पसल सञ्चालन गरेर खाद्यान्न वितरण गर्दा केही हदसम्म मुगुवासीलाई राहत भएको छ तर निर्धारित कोटामा मात्र सिमित नभई थप कोटा थप्नु पर्ने माग मुगु बासिको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित