FLASH NEWS
- Loading...
दशैंमा चामल ढुवानीका लागि गरिएको टेण्डरमा आवेदन नै परेन, गोदाममै थन्कियो चामल
- कृषि टि.भी.
- ६ महिना अघि
- ४५ पटक पढिएको

काठमाडौं । बोलपत्र नपरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले चामल ढुवानी गरेको छैन । दशैँलाई लक्षित गरी चामल ढुवानीका लागि कम्पनीले बोलपत्र आह्वान गरेको थियो । तर कसैले टेण्डर नहाल्दा चामल ढुवानी अन्योलमा छ । पुनः दोस्रोपटक बोलपत्र आह्वान गरेर चामल ढुवानी गर्ने तयारी कम्पनीको छ ।

रुकुम पूर्व, रुकुमपश्चिम र डोल्पाको लिखुमा चामल ढुवानीका लागि पुनः बोलपत्र आह्वान गर्न लागिएको हो ।चाडपर्वलाई लक्षित गरी चामलको मूल्य पनि घटाइएको छ ।
चामलमा प्रतिकिलो सातका दरले छुट दिएको छ । बासमती चामलको मूल्य प्रतिकिलो एक सय तीन, जिरा मसिनो प्रतिकिलो ६० र सोना मसुलीको मूल्य प्रतिकिलो ४३ पर्छ ।

प्रतिक्रिया दिनुहोस
