FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • दशैैको पहिलो दिन घरघरमा घटस्थापनासहित जमरा राखिँदै

    आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैं घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौं रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ ।
    • कृषि टि.भी.
    • ६ महिना अघि
    • १५३ पटक पढिएको
    दशैैको पहिलो दिन घरघरमा घटस्थापनासहित जमरा राखिँदै

    नेपालीहरूको महान चाड बडादसैं आजबाट सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएर आश्विन शुक्ल पूर्णिमासम्म १५ दिने धुमधामसँग मनाइने दसैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना सहित घटस्थापना गरिँदैछ ।घरको पूजा कोठा वा दसैं घरमा वैदिक विधिपूर्वक देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गरिन्छ । आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैं घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौं रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ ।आजदेखि नौ दिनसम्म देवीको आराधना गरी १० औं दिन विजया दशमीको दिन प्रसाद मानेर जमरा लगाउने गरिन्छ । घटस्थापनाको साइत बिहान १०ः२३ मिनेटमा तय गरिएको थियो । आजदेखि नौ दिनसम्म महाकाली, महालक्ष्मी, र महासरस्वती माताको विशेष आराधना गर्ने गरिन्छ ।आजदेखि उपत्यका र देशभरका देवी मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    २%