FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बिक्रीका लागि राखिएका खसी–बोकाको स्वास्थ्य परीक्षण गर्ने

    • कृषि टि.भी.
    • ६ महिना अघि
    • १६२ पटक पढिएको
    बिक्रीका लागि राखिएका खसी–बोकाको स्वास्थ्य परीक्षण गर्ने

    काठमाण्डौं । दसैँमा ठूलो संख्यामा खसी–बोका ल्याउँदा रोगी भित्र्याउने खतरा रहेकाले विगतमा जस्तै यसपटक पनि पशुसेवा विभागले परीक्षण गर्ने भएको छ । विभागका प्राविधिकले उपत्यकाको बजार र सडकमा बिक्रीका लागि राखिएका खसी–बोकाको स्वास्थ्य परीक्षण गर्ने भएको हो । खासगरी लामो बाटोमा ट्रकमा कोचाकोच गरी खसी–बोका ल्याउँदा मर्ने, रोगी हुने जोखिम हुन्छ । व्यवसायीले यस्ता खसी–बोकासमेत बिक्रीका लागि राख्न सक्ने भएकाले पशुसेवा विभागका अधिकृतले स्वास्थ्य परीक्षण गर्न लागेका हुन् ।विभागका अनुसार मंगलबारबाट काठमाडौं उपत्यकाका १० स्थानमा स्वास्थ्य परीक्षण गर्ने तयारी भएको छ । ५० जनाको पशुचिकित्सकसहित काठमाडौंको बल्खु, कलंकी खसीबजार, पुतलीसडक, सल्लाघारीलगायतका स्थानमा १०–१० जनाको टोली खटिएर अनुगमन र स्वास्थ्य परीक्षण गर्ने तयारी भएको विभागले जनएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित