FLASH NEWS
- Loading...
माटो लिन भक्तपुरको च्यामासिंहमा भिड
- कृषि टि.भी.
- ५ महिना अघि
- १३४ पटक पढिएको

काठमाण्डौं । हिन्दु नेपालीहरुको महान चाड बडादशैंको पहिलो दिन घर घरमा घटस्थापना गर्नका माटो लिन भक्तपुरको च्यामासिंहमा भिड लागेको छ । प्रतेक वर्ष भक्तपुरको च्यामासिंहमा रहेको ब्रह्मायणी मन्दिर नजिकै खोलाबाट माटो लिनेको भीड लाग्ने गरेको हो । जमरा उमार्नका लागि उक्त स्थानको माटो राम्रो र पवित्र भएकाले सर्वसाधारणहरु माटो लिन पुग्ने गरेको स्थानीयहरुको भनाई छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्नका लागि घटस्थापना गरिन्छ । यस्तै भक्तपुरका विभिन्न शक्तिपीठमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । भक्तपुरका नौ शक्तिपीठमा नवरात्रिभरि मेला लाग्ने गर्दछ ।


प्रतिक्रिया दिनुहोस
