FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • विभिन्न कार्यक्रम गरी मनाइयो ‘विश्व स्कुल दूध दिवस’

    • कृषि टि.भी.
    • ६ महिना अघि
    • ४७ पटक पढिएको
    विभिन्न कार्यक्रम गरी मनाइयो ‘विश्व स्कुल दूध दिवस’

    काठमाण्डौं । विभिन्न कार्यक्रम गरी ‘विश्व स्कुल दूध दिवस’ मनाइएको छ । नेपाल डेरी एसोसिएसनले ५ दिवसीय विश्व स्कुल दूध दिवस असोज ७ गतेदेखि १२ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाएको हो । असोज ८ गते काठमाडौँको शंखमुल स्थित दृश्य बहुउद्देश्यीय सहकारीको सहकार्यमा बालबालिकालाई दूध तथा दुग्ध पदार्थ सेवन गराई कार्यक्रमको उद्घाटन गरेको नेपाल डेरी एसोसिएसनले जनाएको छ । एशोसियसनका केन्द्रीय अध्यक्ष प्रह्लाद दाहालका अनुसार असोज ९ गते सिन्धुलीको कमलामाई नगरपालिका, कमलामाई पार्टी प्यालेसमा दुग्ध किसान, व्यवसायी एवं उद्योगीहरूको करिब १०० जनाको उपस्थितिमा विभिन्न विद्यालयका २०० जना विद्यार्थीहरूलाई दूध तथा दुग्ध पदार्थ वितरण गरी मनाइएको थियो । असोज १० गते रोटरी क्लब अफ कपनसँग सहकार्य गरी विद्यार्थीहरूलाई अनिवार्य दूध तथा दुग्ध पदार्थ सेवन गर्न लगाउनु पर्ने विषयमा एक अन्तर क्रिया कार्यक्रम गरेको थियो । यता असोज ११ गते त्रिरत्न स्कुल डल्लुमा विद्यार्थीहरूलाई दूध तथा दुग्ध पदार्थ सेवन गरेको थियो भने असोज १२ गते एसोसिएसनको आयोजनामा काठमाडौँको सेन्ट जर्ज इन्टरनेशनल स्कुल धुम्बाराहीमा उद्योगी, किसान एवं स्कुलका विद्याथीहरु बिच ३०० जनालाई दूध तथा दुग्ध पदार्थ वितरण गरी मनाइएको छ । दूधमा शरीरलाई आवश्यक सबै पौष्टिक तत्त्व पाइने भएकोले बालबालिकालाई अनिवार्य दूध सेवन गराउनु पर्ने र यसको विशेष पहल विद्यालयबाट मात्र हुन सक्ने भएकोले पनि यसरी स्कुल दूध दिवस मनाउन सुरु गरिएको हो । यस वर्ष विश्वमा २२ औँ र नेपालमा सातौँ विश्व स्कुल दूध दिवस भव्यताका साथ मनाइएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित