FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • धानमा राते रोग देखिएपछि तनहुँ म्याग्दे गाउँपालिकाका किसान चिन्तित

    • कृषि टि.भी.
    • ५ महिना अघि
    • ८८ पटक पढिएको
    धानमा राते रोग देखिएपछि तनहुँ म्याग्दे गाउँपालिकाका किसान चिन्तित

    काठमाण्डौं । धानमा राते रोग देखिएपछि तनहुँका किसान चिन्तामा छन् । म्याग्दे गाउँपालिकाका उक्त क्षेत्रमा दुई सय २० रोपनी क्षेत्रफलमा लगाएको धान खेतमा राते रोग लागेपछि यतिबेला किसान चिन्तित हुनुका साथै भोकमरी लाग्ने पिरले छटपटिएका छन् । धान पसाउने समयमा एकाएक रोग लागेर खेतभरिको रोपो पहेँलै भएर डढेपछि अब के खाने भन्ने चिन्तामा किसानहरु छन् । कृषि ज्ञानकेन्द्रका प्राविधिकलाई रोपो लगेर देखाउन लाँदा खाद्यतत्वको कमी भनेर कृषि जिङ औषधि दिएको तर त्यसको प्रयोगले पनि केही उपलब्धि नभएको किसानहरुले गुनासो गरेका छन् । सरकारले किसानका आवाजलाई सुनिदिएर क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग सकेत किसानहरले गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित