FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • जाजरकोटमा मकै भित्र्याउँदै, दसैँ मनाउदै

    • कृषि टि.भी.
    • ५ महिना अघि
    • ९७ पटक पढिएको
    जाजरकोटमा मकै भित्र्याउँदै, दसैँ मनाउदै

    काठमाण्डौं । जाजरकोट, रकुम पश्चिम र डोल्पाका कृषक वर्षेवालीको रुपमा रहेको मकै भित्र्याउन थालेका छन् । मौसम पूर्व अनुमान विभागले पानी पर्ने आकलन गरेसँगै यहाँका किसान मकै भित्र्याउनेमा जोड दिन थालेका हुन् ।

    तीन जिल्लाको लागि मकै खेती सबै ठुलो बाली हो । मकै भित्रयाएसँगै खनतोज गरेर तोरी अर्थवा गहुँ लगाउने गरिन्छ । आकाशे पानीको भरमा लगाइने तोरी र गहुबाली जमिन ओसिलो हुँदै लगाउने पर्ने बाध्यता छ । मकै भित्र्याएको लामो समयसम्मा जमिन खाली राखेमा ओसिलो पन हराउँदै जाने भएकाले छिटोभन्दा छिटो खनजोत गरेर काम पुरा गर्नुपर्ने बाध्यता रहेको नलगाड नगरपालिका–८ का हरिबहादुर खत्रीले बताए ।
    माथिल्लो भागमा मकै भित्र्याउने क्रम जारी रहेको छ भने तल्लो तथा मध्यभागमा तोरी र गहुँ लगाउने काम सुरु भइसकेको उनले जानकारी दिए । ढिला गरेर तोरी र गहुँ रोपेमा उम्रिने समस्या हुने भएकाले किसान दसैंभन्दा बढी खेती किसानीतर्फ नै केन्द्रीत हुनुपरेको पञ्च भयार मावि नलगाड का शिक्षक वीरबहादुर खत्रीले बताए ।

    हिउँदेबालीको लागि काम गर्नुपर्ने भएकाले किसान खेतबारीमै दसैं मनाउने अवस्थामा पुगेको रुकुम पश्चिम आठबीसकोटका तिलक बटालाले बताए । गाउँमा पहिले जस्तो पिङ लगाउने, मेला जाने अवस्था कम हुँदै गएको उनको बुझाइ छ । गाउँमा यूवाको सङ्ख्यासमेत कम छ । वैदेशिक रोजगारीका कारण यूवा गाउँमा कम मात्रामा छन् ।

    गाउँ, गाउँमा मदिराको बढी व्यापार हुने भएकाले गाउँमा घुम्ने वातावरण नभएको बारेकोट गाउँपालिका–५ का गणेश शाही बताउँछन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित