FLASH NEWS
- Loading...
दशैका लागि काठमाडौं उपत्यकामा व्यवसायीहरूले करिब ३ हजार च्याङ्ग्रा भित्र्याए
- कृषि टि.भी.
- ५ महिना अघि
- १०८ पटक पढिएको

काठमाण्डौं । दशैका लागि उपत्यकामा व्यवसायीहरूले करिब ३ हजार च्याङ्ग्रा भित्र्याएका छन । उक्त च्याङ्ग्रा मुस्ताङबाट आयात गरेका हुन् । व्यवसायीहरूले गत वर्ष पनि मुस्ताङ÷तिब्बतबाट आयात गरेका थिए । च्याङ्ग्राको मूल्य किलोकै १४ सय ५० रुपैयाँ पुगेको छ । गत वर्ष दसैंमा प्रतिकिलो १३ सय रुपैयाँसम्म पुगेको च्याङ्ग्रा मूल्य यसपालि प्रतिकिलो १४ सय ५० रुपैयाँमा बिक्री भएको हो । खसीको मूल्यभने उच्च नभएको चौपाया खरिदबिक्री सेवा संघको दाबी छ । व्यवसायीहरूले प्रतिकिलो ७ सय रुपैयाँसम्ममा बिक्री गरेको संघले जनाएको छ । एक हप्ताको दसैं बजारमा स्वदेशी उत्पादन ६० र भारतको ४० प्रतिशत आयात भएको थियो । व्यापारीहरू सल्यान, सुर्केत, बैतडी, डडेलधुरा, मकवानपुर, रामेछाप, इलाम, नुवाकोटलगायत आफ्नो ठाउँ उपत्यका ल्याएका हुन् ।।


प्रतिक्रिया दिनुहोस
