
- Loading...
अविरल वर्षाका कारण लगाएको धान बालीमा ठुलो क्षति
- कृषि टि.भी.
- ५ महिना अघि
- १५३ पटक पढिएको

बर्दिया, शिवा शर्मा । २०७८ सालको असोज महिनाको अन्तिम साता देखि कार्तिकको पहिलो हप्तासम्म आएको बेमौसमी अविरल वर्षाले गर्दा ठुलो क्षति ब्यहोरेका बर्दिया गुलरियाका किसानहरुलाई यस वर्ष पनि बबई नदीमा आएको बाढीबाट ठुलो क्षति ब्यहोर्न परेको छ ।

असोज १८ गते मंगलबार राति देखि बर्दिया , सुर्खेत ,दाङ्ग र सल्लयान लगायतका पहाडी जिल्लाहरुमा परेको अविरल वर्षाको कारण बबई नदीमा पानीको सतह बढेर नदीमा बाढी आउनाले बर्दियाको गुलरिया नगरपालिकाको ३ वटा वडा ५ ,११,र १२ प्रभावित भएका छन । ति वडाहरुको केही घरहरुमा पानी पसेको र किसानहरुले लगाएका झण्डै १ हजार विघाको अन्नबालिहरु सबै डुबानमा परेको छ । बबई नदीमा आएको बाढीबाट बर्दियाको गुलरिया नगरपालिका मात्र प्रभावित भएको छ भने हालसम्म पशु चौपाया लगायत कुनै मानविय क्षति भएको छैन। यता किसानको भने ठुलो क्षति ब्यहोर्न बाद्य भएका छन्। नदीमा डयाम नभएर यस क्षेत्रका धेरै किसान प्रभावित भएका छन्। सरकारले जति सक्दो चाडो राहात उपलब्ध गराई दिन किसान मोहम्दकलिम गद्धीले माग गरेका छन्।
यात अर्का किसान कादिर गद्धीको पिडा पनि उस्तै छ। बबई नदिमा बाध नबाध्नाले काट्न तयारी भएको धान सबै बाढीले बगाई दिदा उनलाई अब के खाने भन्ने चिन्ताले पिरलेको छ।
गुलरिया नगरपालिका वडा न. ११ का वडा अध्यक्ष्य विष्णु यादब विपदका कारण कृषि क्षेत्रमा ठुलो प्रभाव परेको बताउछन्। गएको वर्षको पनि किसानले अझै राहात पाउन सकेका छैननर थप त्यसैमा प्रकृतिले गर्दा यहाँ किसानहरु मर्कामा परेका उनि सुनाउछन् ।
अझै खतरा हुने देखेर नेपाल प्रहरीले यातायातको साधनहरु रोकेको अवस्था छ भने त्यहाँ बाढीले बाटो कटान भैरहेको अवस्था छ । ३ वटै सुरक्षा निकाय जनपत प्रहरी ,सशस्त्र प्रहरी र नेपाली सेनालाई प्रभावित क्षेत्रहरुमा स्टेनबाई राखिएको छ भने हाल नेपालगन्ज गुलरिया सड्क खण्डमा बाढीले गर्दा सवारी साधन आवात जावतलाई बन्द गरीएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हेड क्वाटर बर्दिया का जवान हरुले बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं. १० थपुवा गाउँ नजिक बबई नदिने कटान गरेको ठाउँमा बोरा राखेर तटबन्धन गरेको छ ।यस्तै बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले नेपाल प्रहरीद्वारा यातायातको साधनहरु रोकेको अवस्था भए पनि बाटो कटान तत्काल रोक्न सक्ने अवस्था नरहेको बताएका छन्। मानविय क्षति हुन नदिनका लागि सबैतिर सन्देश प्रवाह गरिरहेको उनको भनाई छ। वर्षाले के कति क्षति भयो त्यसको यथेष्ट जानकारी आउन बाकी रहेको जिल्ला प्रशासन कार्यलय बर्दियाले जनाएको छ ।

