FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • आयात प्रतिबन्ध फुकुवा गर्न माग

    • कृषि टि.भी.
    • ५ महिना अघि
    • ९० पटक पढिएको
    आयात प्रतिबन्ध फुकुवा गर्न माग

    काठमाण्डौं । आयात प्रतिबन्धका कारण व्यवसायीले नोक्सानी बेहोर्नु परेको र तस्करी बढेको भन्दै नेपाल समुद्रपार निकासी पैठारी सङ्घले हटाउन माग गरेको छ । विज्ञप्ति जारी गर्दै सङ्घले छवटा वस्तुको आयात प्रतिबन्ध फुकुवा भए पनि बढी राजस्व हुने वस्तुको आयातमै प्रतिबन्ध लाग्दा सरकारले लक्ष्यअनुसार राजस्व पनि सङ्कलन गर्न नसकेको सङ्घले जनाएको छ । अर्कोतर्फ ती वस्तुको कारोबारका लागि अर्बौं रुपियाँ लगानी गरेर पूर्वाधार तयार गरेका व्यवसायीले ठूलो नोक्सानी बेहोर्नु परेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै प्रतिबन्ध लगाइएका सवारीसाधन र मोटरसाइकलबाहेकका वस्तु अवैध बाटोबाट तस्करी भइरहेको सङ्घको दाबी छ । ‘यो तथ्यलाई मनन गरी बाँकी चारवटा वस्तुको आयातमा लगाइएको प्रतिबन्ध यथाशीघ्र हटाउन यो सङ्घ जोडदार माग गर्दछ’ विज्ञप्तिमा उल्लेख छ । सरकारले गत वैशाखदेखि विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै विभिन्न १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । तीमध्ये छवटा वस्तुमाथिको आयात प्रतिबन्ध फुकुवा गरे पनि कार, जिप, भ्यान, तीन डलरभन्दा बढी मूल्यको मोबाइल, १५० सीसीभन्दा बढीका मोटरसाइकल र तयारी मदिराको आयातमा लगाइएको प्रतिबन्ध शुक्रबारसम्मका लागि कायमै छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित