FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • आज ४२ औं खाद्य दिवश, दिवशका अवसरमा देशभर विभिन्न कार्यक्रम गरि मनाइँदै

    • कृषि टि.भी.
    • ५ महिना अघि
    • ३८ पटक पढिएको
    आज ४२ औं खाद्य दिवश, दिवशका अवसरमा देशभर विभिन्न कार्यक्रम गरि मनाइँदै

    काठमाण्डौं । आज ४२ औं खाद्य दिवश । दिवशका अवसरमा देशभर विभिन्न कार्यक्रम गरि मनाइँदैछ । ‘उत्पादन, पोषण र वातावरणमा सुधारः सुखी जीवनको आधार’ भन्ने मूल नाराका साथ देशभर यो दिवश मनाइँदैछ । दिवशका अवसरमा गत शुक्रबार प्रभातफेरी कार्यक्रम र कृषि विभागको सभाहलमा पुरस्कार वितरण र प्रवचन कार्यक्रम सम्पन्न भइसकेको छ । खाद्यान्न संकट तथा भोकमरीविरुद्ध लड्ने संयुक्त प्रतिबद्धताका साथ संसारभर विश्व खाद्यान्न दिवस मनाइन्छ ।

    संयुक्त राष्ट्र संघको विशिष्टिकृत निकाय खाद्य तथा कृषि संगठनको प्रस्तावलाई राष्ट्र संघले पारित गरेसँगै सन् १९८१ देखि यो दिवस मनाइँदै आइएको हो । खाद्य तथा कृषि संगठनको स्थापना दिवसको अवसर पारेर विश्व खाद्य दिवस मनाइन्छ । खाद्य तथा कृषि संगठन १६ अक्टोबर सन् १९४५ मा स्थापना भएको थियो । सन् १९५१ को नोभेम्बरमा नेपालले खाद्य तथा कृषि संगठनको सदस्यता पाएको थियो । नेपालले पनि सन् १९८१ मा ‘उब्जनी बढाऔं, सन्तुलित खाना खाऔँ, बढी जोगाऔँ’ भन्ने नाराकासाथ पहिलो खाद्य दिवस मनाएको थियो ।।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित