FLASH NEWS
- Loading...
तिहारका लागि २२ लाख मालाको खपत हुने
नेपालमा पुष्प व्यवसाय आत्मनिर्भरउन्मुख हुँदै गएको छ । कोरोना महामारीका बेला खुम्चिएको पुष्प व्यवसायको बजार विस्तारै पुरानै लयमा फर्किन थालेको पुष्प व्यवसायीले बताएका छन् ।
- कृषि टि.भी.
- ११ महिना अघि
- १४५ पटक पढिएको

यस वर्षको तिहारका लागि करिब २२ लाख मालाको खपत हुने फ्लोरिकल्चर एशोसिएसन नेपालले जनाएको छ । खासगरी, तिहारमा सयपत्री मालाको कारोबार बढी हुने गर्छ भने मखमली र गोदाबरी फुलको माग पनि उत्तिकै हुन्छ । यस वर्षको तिहारमा २० लाख सयपत्री फुलको माला, २ लाख मखमली फुलको माला र २५ हजार मखमली फुलको मालाको खपत हुने एशोसिएसनले जनाएको छ ।त्यस्तै, एक लाख मखमलीको माला निर्यात समेत हुने फ्यानले जनाएको छ ।
नेपालमा पुष्प व्यवसाय आत्मनिर्भरउन्मुख हुँदै गएको छ । कोरोना महामारीका बेला खुम्चिएको पुष्प व्यवसायको बजार विस्तारै पुरानै लयमा फर्किन थालेको पुष्प व्यवसायीले बताएका छन् । हाल ४८ जिल्लामा लगभग एक सय अठहत्तर हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको छ भने ७३२ भन्दा बढि पुष्प व्यवसायीहरु यस व्यवसायमा संलग्न छन।


प्रतिक्रिया दिनुहोस
