FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • सूचनामा महिलाहरुको पहुँच सम्बन्धि कार्यक्रम सम्पन्न

    • कृषि टि.भी.
    • ५ महिना अघि
    • १७० पटक पढिएको
    सूचनामा महिलाहरुको पहुँच सम्बन्धि कार्यक्रम सम्पन्न

    शिवा शर्मा, बर्दिया । बर्दिया जिल्ला बासगढी नगरपालिकाको आयोजना र संचारीका समुह बर्दियाको समन्वयमा “स्थानीय सूचनामा महिलाहरुको पहुँच कसरी बढाउने ” भन्ने विषयमा २०७९ कार्तिक २ गतेका दिन १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

    कार्यक्रममा बर्दिया जिल्लामा रहेका क्रियाशिल महिला पत्रकारहरु ,वडा महिला सदस्याहरु र स्थानीय संघ संस्थामा कार्यरत महिलाहरुको उपस्थिती रहेको थियो भने सूचनामा महिलाको पहँुच कसरी पुर्याउन सकिन्छ भन्ने उदेश्यले संचारीका समुहको समन्वयमा कार्यक्रमको आयोजना गरीएको बासगढी नगरपालिकाले जनाएको छ ।

    कार्यक्रमको अध्यक्ष्यता बासगढी नगरपालिकाको उप प्रमुख इन्दीरा चौधरीले गर्नु भएको थियो भने प्रमुख अतिथिमा बासगढी नगरपालिकाको नगरप्रमुख खडक बहादुर खडका हुनुहुन्थ्यो । अहिले ७५ वटै जिल्लामा संचालनमा छ संचारीका समुह बर्दिया जिल्लामा पनि संचालनमा छ । खास यो संचारीका समुहले पत्रकार महिलाहरुको हकहितका लागि आवाज उठाउने संस्था हो ।बर्दिया जिल्लामा संचालन भएको ५ वर्ष भयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित