FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • पोखरामा साढे दुई करोडको फूल बिक्री हुने

    • कृषि टि.भी.
    • ११ महिना अघि
    • २९५ पटक पढिएको
    पोखरामा साढे दुई करोडको फूल बिक्री हुने

    तिहारका अवसरमा पोखरामा मात्रै दुई करोड ५० लाख रुपियाँको फूल तथा माला बिक्री हुने अनुमान गरिएको छ ।

    फ्लोरिकल्चर एसोसियसन, कास्कीका अनुसार यो पटक तिहारलाई लक्षित गरेर दुई लाख फूलका बेर्ना रोपिएको छ ।

    फ्लोरिकल्चर एसोसियसन, कास्कीका पूर्वअध्यक्ष दयाकुमार द्वाले तिहारमा बढी फूल बिक्री हुँदा फूलको उत्पादनलाई बढाएको बताउनुभयो । “हरेक कार्यक्रममा फूलको मालाको प्रयोग हुन्छ । तिहारमा फूलको व्यापार राम्रो हुन्छ,” उहाँले भन्नुभयो । तर, कास्की फूलमा आत्मनिर्भर भने छैन । यहाँ लमजुङ, स्याङ्जा, गोरखादेखि फूल आउने गरेको छ ।

    द्वाकाअनुसार गण्डकी प्रदेशमा ४८ जनाले फूलको व्यवसाय गरेका छन् । व्यवसायीलाई सम्बन्धित निकायले नहेरिदिँदा समस्या परेको उहाँको गुनासो छ । पुष्प नीति र कार्यक्रम भए पनि सरकारले यसलाई प्राथमिकतामा नराख्दा फूल खेती फस्टाउन नसकेको उहाँले बताउनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित