FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • छठ पर्व नजिकिएसँगै माटाका भाँडाको व्यापार बढ्याे

    धनुषाको जनकपुरधामसहित महेन्द्रनगर सखुवा, ढल्केवर, बटेश्वर, धारापानी, वीरेन्द्रबजार, सबैला, शहीदनगरको मुख्य चोक र हटियामा अहिले साप्ताहिक हटियाको दिन मात्र नभइ दिनहुँजसो माटाका भाँडा बिक्री हुँदै आएका छन् ।
    • कृषि टि.भी.
    • ४ महिना अघि
    • ७६ पटक पढिएको
    छठ पर्व नजिकिएसँगै माटाका भाँडाको व्यापार बढ्याे

    छठ पर्व नजिकिएसँगै माटोका भाँडाको माग बढेको छ । सीमावर्ती बजारमा भारतीय माटाका भाँडा र भित्री बजारमा स्थानीय उत्पादन भएका माटोका भाँडाको कारोबार बढेको हो ।

    धनुषाको जनकपुरधामसहित महेन्द्रनगर सखुवा, ढल्केवर, बटेश्वर, धारापानी, वीरेन्द्रबजार, सबैला, शहीदनगरको मुख्य चोक र हटियामा अहिले साप्ताहिक हटियाको दिन मात्र नभइ दिनहुँजसो माटाका भाँडा बिक्री हुँदै आएका छन् ।

    सांस्कृतिक पर्वमा प्रायजसो भाँडा माटाकै प्रयोग गरिने प्रचलनले यस्ता पर्व नजिकिएसँगै माटाका भाँडा बनाउने कुमालेको व्यस्तता निकै बढेको छ । तराई क्षेत्रमा माटाका नयाँ भाँडा कार्य गर्न उत्तम हुने धार्मिक, सामाजिक मान्यताले चाड पर्वमा यसको माग ह्वात्तै बढ्ने गरेको यहाँका उद्यमी, व्यापारी र नागरिक बताउँछन् ।

    विभिन्न ठाउँ र सीमावर्ती बजारमा छठका लागि माटोका दियो, चौमुखे दीप, पाला, माटोको हात्ती, ढकनालगायतका भाँडाको बिक्री बढेको क्षीरेश्वरनाथ नगरपालिका–४ हरैयाका विष्णुलाल पण्डितले बताउनुभयो ।

    पण्डितले पहिलेपहिले त हाम्रो गुजाराको पेसा नै यही थियो, अब प्लास्टिक र अन्य धातुका भाँडाको प्रयोग बढेपछि चाडपर्वमा खुम्चिएको गुनासो गर्नुभयो । नेपाली बजारमा दशैँ, तिहार, छठलगायतका चाडपर्वमा कलश, गमला, दियो, कोहालगायतका माटोका भाँडा बढी बिक्रीवितरण हुने गरेकामा सबैभन्दा बढी तिहारमा माटोको दियो र छठमा विभिन्न कलात्मक भाँडा बिक्री हुने गरेको क्षीरेश्वरनाथ नगरपालिका– ६ सखुवाका कमल पण्डितले बताउनुभयो ।

    यहाँका पण्डित कुम्भकार (कुमहार) ले यो समयलाई आफ्नो पर्वभरिको आम्दानी गर्ने सिजनका रुपमा समेत लिने गरेका छन् । नेपाली कुम्भकार कम भएको र केहीले पेसा नै छाडेकाले नेपाली बजारमा माटोको भाँडासमेत भारतीय बजारको भर पर्नुपरेको छ ।

    अहिले छठका लागि माटोको भाँडोको एक सेट लिन दुईदेखि तीन सय रुपैयाँ तिर्नुपर्ने कुमाल समुदाय जनकपुरधामका कन्हैया पण्डितले जानकारी दिनुभयो । उता केही नेपाली कुमालले पुर्ख्याैली पेसा छाडेका कारण भारतीय उत्पादनले नेपाली बजार लिएको दाबी गर्छन् भने केही कुमालले माटोका भाँडा बिक्रीका लागि तिहार र छठ तथा चौरचन्द नै पर्खनुपर्ने भएकाले सङ्कटमा परेको बताउँछन् ।

    धनुषासहित यहाँका प्रायजसाे पण्डित कुमालले भाँडा बनाउने माटो र मेहनतअनुसारको आम्दानी नहुँदा नेपाली कुमाल आफ्नो पुर्ख्याैली पेसाबाट विमुख भएको बताउँछन् । पुस्तौँदेखि गर्दै आएको काम आधुनिकताले सङ्कटमा परेपछि नेपाली कुमाल अहिले जीविकोपार्जन गर्न अन्य पेसा गर्न थालेपछि भारतीय सीमावर्ती बजारका कुमालले माटोका भाँडा नेपाली बजारमा बेच्ने गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित