FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • छठलगत्तै ६० हजार मेट्रिक टन मल भित्रिँदै, पूर्ण रुपमा मलको बिक्रि खुला

    मलको बिक्रि खुला गरिएकाले डीएपी मल किसानहरुले सम्वन्धित सहकारीमा सम्पर्क राखी लैजान उनले आग्रह समेत गरेका छन। कम्पनीले ६० हजारमध्ये ३० हजार मेट्रिक टन सरकार–सरकारबीच(जीटुजी) विधिमार्फत र ३० हजार मेट्रिक टन ग्लोबल ठेक्कामार्फत खरिद गरि भित्र्याउँदैछ ।
    • कृषि टि.भी.
    • ४ महिना अघि
    • २१९ पटक पढिएको
    छठलगत्तै ६० हजार मेट्रिक टन मल भित्रिँदै, पूर्ण रुपमा मलको बिक्रि खुला

    आउँदो छठलगत्तै ६० हजार मेट्रिक टन रासायनिक मल भित्रिन सुरु हुने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि सामग्री कम्पनीले तिहार र छठसकिएलगत्तै युरिया र डीएपी मल भित्रिन सुरु हुने जनाएको छ ।

    कम्पनीका अनुसार, अहिले डीएपी मल सम्पुर्ण जिल्लामा आउँदो गहुँ सिजनका लागि पुगिसकेको छ । गहुँलगायत रबि बालीका लागि डीएपी मल पूर्ण रुपमा बिक्रि खुल्ला गरिएको कम्पनीका प्रवन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

    मलको बिक्रि खुला गरिएकाले डीएपी मल किसानहरुले सम्वन्धित सहकारीमा सम्पर्क राखी लैजान उनले आग्रह समेत गरेका छन। कम्पनीले ६० हजारमध्ये ३० हजार मेट्रिक टन सरकार–सरकारबीच(जीटुजी) विधिमार्फत र ३० हजार मेट्रिक टन ग्लोबल ठेक्कामार्फत खरिद गरि भित्र्याउँदैछ । पोटास मल कम्पनीसँग मौज्दात रहेको जनाइएको छ ।

    तिहार सकिएलगत्तै किसानले गहुँ तथा रबि बालीका लागि पोटास तथा डीएपी मल लगेर अहिलेका सुरुको ‘टप बेसल डोज’मा प्रयोग गर्न कम्पनीले अनुरोध गरेको छ । तत्कालीन अवस्थामा टाठापाठाले मात्र मल लैजाने र वास्तविक किसानले मल नै नपाउने गरेको गुनासो आएपछि कम्पनीले तिहारलगत्तै कम्पनीका सबै बिक्रि केन्द्रमा पूर्ण रुपमा बिक्रि खुला गरिएको कार्कीले जानकारी दिए ।

    अहिले कम्पनीसँग ६० युरिया र ४१ हजार मेट्रिक टन डीएपी मौज्दात रहेको जनाइएको छ ।

    जीटुजीको ३० हजार मेट्रिक टन मल भित्रिँदै

    यसअघि पाँच वर्षे जीटुजी बिधिमार्फत सम्झौता सम्पन्न भए पछि पहिलो पटक ३० हजार मेट्रिक टन मल नेपाल भित्रिने भएको छ । जीटुजीको उक्त मल अबको १५ दिनभित्र नेपाल भित्रिन सुरु हुने कार्कीले जानकारी दिए ।

    अहिले जीटुजीमा भित्रिन लागेको मल ग्लोबल टेण्डरको तुलनामा सस्तो दरमा ल्याइएको कम्पनीले जनाएको छ । ग्लोबल टेण्डरको अहिलेको मूल्यभन्दा १.९४७ प्रतिशत सस्तोमा आएको छ । भित्रिन लागेको ग्लोबल टेण्डरको ३० हजार मेट्रिक टन मल प्रति मे.टन. ६९३ डलर छ । जीटुजीमार्फत मल खरिद गर्दा न्यूनतम सर्भिस चार्ज(१.५ प्रतिशत) मात्र लागेको कम्पनीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%१%१%