FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • थाहा नै छैन पुर्वका भेडापालक किसानलाई सरकारी रणनीती हेर्नुहोस भिडियो सहित………

    • कृषि टि.भी.
    • ३ साल अघि
    • ३३ पटक पढिएको
    थाहा नै छैन पुर्वका भेडापालक किसानलाई सरकारी रणनीती हेर्नुहोस भिडियो सहित………

    महेन्द्र राजमार्गबाट नेपालको पुर्वी सिमानातिर सडक यातायात प्रयोग गरेर हुईकेर जाँदै गर्दा सप्तकोशी नदि अर्थात कोशी व्यारेज पुगीन्छ । सोही स्थानमा पुग्ने वित्तिकै यताउती चियो गर्दै हेर्ने हो भने बडो गज्जब लाग्ने भेडाको हुलको दृश्य देखीन्छ । कृषि क्षेत्रका विबिध मुद्धा खोज्दै पुर्बतिर हिडेको कृषि टेलीभिजकको टिमलाई यो दृश्यले बहुद आकर्षीत ग¥यो र हाम्रा पाईला पनी भेडाको हुलतिरै अगाडी बढे, हामीलाई खुब जान्ने ईच्छा थियो त्यहाँको भेडापालक किसानका अनुभव, भेडापालनको फाईदा अनी समस्या । भेडाको हुलतिर अगाडी बढेका हाम्रा पाईला भेडा चराईरहेका सेतो कपाल फुलेका झट हेर्दा पाकै लाग्ने एक जना भेडा गोठालाको अगाडी गएर रोकीए अनी हामीले जान्ने ईच्छा राख्यौ भेडापालक किसानका समस्याका बारेमा । तर उहाका अनुसार सोही पेशामा पनि समस्या अनेकौ रहेछन । यी किसानको यस्तो अनुभव सुनेपछि हामीलाई कृषि अनुदान पशु बिमा लगाएतका बारेमा जान्ने ईच्छा जाग्यो र प्रश्न पनी ग¥यौँ अहँ त्यहाँका किसानलाई यो कुराको एक रत्ति ज्ञान रहेनछ । अनी मनमा लाग्यो कृषि ज्ञान केन्द्र लगाएत अन्य सरोकारवालाहरुले सोही स्थानका कृषकलाई चेतना दिने काम कुनै गरेको रहेनछ र हामीले बुझेको जती जानकारी दिएर आयौँ । यो त केवल एक प्रतिनीधी स्थान र प्रतिनीधी किसानमात्र हुन कृषि सम्बन्धी सरकारी कुरा नसुनेका यस्ता अनगिन्ती पात्र हाम्रो यात्राको दौरानमा भेटीएका छन् । त्यसकारण सरकारले यस्ता दुरदराजका किसानको लागी सरकारी योजना लगायत अन्य महत्वपुर्ण जानकारीलाई ऐना हेरेजस्तै गरी देखीने निति पो लिने हो कि ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित