FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • किसान सेवा कार्ड वितरण

    • कृषि टि.भी.
    • १ साल अघि
    • ३० पटक पढिएको
    किसान सेवा कार्ड वितरण

    काठमाण्डौको गोकर्णेश्वर नगरपालिकाले किसानहरुलाइ किसान सेवा कार्ड वितरण गरेको छ । नगरपालिका भित्र पशुपालन गरिरहेका किसानहरुलाइ निशुल्क कार्ड वितरण गरिएको हो । किसानलाइ वितरण गरिएको कार्डले आगामी दिनमा नगरपालिका भरिको किसानको सङख्या, पशुपन्छीको तथ्याङक, किसानको आर्थिक अवस्था तथा पशुजन्य उत्पादनको सही तथ्याङक प्राप्त गर्न सहयोग मिल्ने नगरपशुशाखाले जनाएको छ । यसैगरी शाखाबाट वितरण गरिने औषधी तथा सामाग्रीहरुको उच्चतम सदुपयोग तथा पारदर्शिता हुने , सही तथ्याङक उपलब्ध हुने, एकैव्यक्तिले वारम्वार अनुदान पाउने प्रवृत्तिको अन्त्य गर्न किसान कार्ड वितरण गरिएको नगरप्रमुख सन्तोष चालिसेले बताए ।
    नगरपालिकाले कृषि क्षेत्रलाइ विशेष प्राथमिकतामा राखेर विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । किसान सेवा कार्ड पाएपछि नगरभरिका सबै वर्गका किसानले समान रुपमा सेवा पाउने, नगरपालिकाले पशुपन्छीको क्षेत्रमा कार्यक्रम तथा योजना बनाउन सहज हुने नगरपालिकाको विश्वास छ । कृषिमा उत्तिकै सम्भावना भएकाले नगरको १, २ र ३ नम्वर वडालाइ पकेट क्षेत्र बनाइ कृषि कार्यक्रमहरु सञ्चालन गरिरहेकाले स्थानीय सरकार र कृषकवीच एकआपसमा समन्वय र सहकार्य हुन आवश्यक रहेको नगरप्रमुख चालिसेको भनाइ छ ।
    कार्यक्रममा किसान सेवा कार्डको आवश्यकता, महत्व, फाइदा र यसको प्रयोगवारे तयार पारिएको कार्यपत्र प्रस्तुत गरेका थिए । किसान कार्ड पाएपछि कृषकहरुले खुशी व्यक्त गर्दै कार्ड पाएपछि आफुहरुले पाउने सेवा सुविधालाइ सहज र छिटो छरितो बनाउन नगरपालिकालाइ आग्रह गरेका छन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित