FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • ६ महिनामा अवैध आयात गरिएका १ हजार ९ सय ७२ वटा बोइलर कुखुरा नष्ट

    • कृषि टि.भी.
    • १ साल अघि
    • २३ पटक पढिएको
    ६ महिनामा अवैध आयात गरिएका १ हजार ९ सय ७२ वटा बोइलर कुखुरा नष्ट

    पशु क्वारेनटाइन चेकपोस्ट, बेलहिया रुपन्देहीले चालू आर्थिक वर्षको ६ महिनामा १ हजार अवैध रुपमा आयात गरिएको ९ सय ७२ वटा बोइलर कुखुरा नियन्त्रणमा लिई नष्ट गरेको छ । पशु क्वारेनटाइन चेकपोस्टका अनुसार २ सय ९५ केजी मासु पनि नष्ट गरिएको छ । यस्तै सय केजी माछा, १६ हजार ५ सय गोटा चल्ला नष्ट गरेको जनाएको छ । यसरी अवैध आयात गर्नेलाई नियन्त्रणमा लिई ५ लाख १० हजार रुपैयाँ जरिवाना सङ्कलन पनि गरेको छ ।
    यस्तै आर्थिक वर्ष २०७७÷७८ को साउनदेखि पुस मसान्त सम्ममा १ हजार ९ सय ८६ गोटा कुखुरा नष्ट गरिएको थियो । त्यसै गरी ५ सय ३५ केजी मासु, २ सय ६६ केजी माछा नष्ट गरेको छ । पोलट्रीजन्य पदार्थ अवैध रूपमा आयात हुँदा नेपाली व्यवसायी र किसान दुवै मर्कामा पर्दै आएका छन् । नाकामा कडाइ नहुँदा अवैध आयातमा रोक लगाए पनि अवैध आयात कम हुन सकेको छैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित