FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कर्णाली प्रदेश सरकारको निर्णय ः ५० भन्दा बढी भेडाब्राखा पाल्ने किसानलाई गोठालो भत्ता

    • कृषि टि.भी.
    • १ साल अघि
    • ४७ पटक पढिएको
    कर्णाली प्रदेश सरकारको निर्णय ः ५० भन्दा बढी भेडाब्राखा पाल्ने किसानलाई गोठालो भत्ता

    कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा गोठालो भत्ता दिने निर्णय गरेको छ । कर्णाली प्रदेशका हिमाली जिल्लामा कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पा जिल्लामा ५० भन्दा बढी भेडा ब्राखा पाल्ने किसानलाई गोठालो भत्ता निर्णय गरेको हो । ५० भन्दा बढी भेडाब्राखा पाल्ने किसानलाई मासिक एक हजार ५०० गोठालो भत्ता पाउने कर्णाली प्रदेश सरकारले निर्णय गरेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले जानकारी दिए । भेडाब्राखा पाल्ने किसानलाई गोठालो भत्ता दिनका लागि चालु आर्थिक वर्षमा ७२ लाख रुपैयाँ विनियोजन गरिएको प्रवक्ता कठायतले जानकारी दिए ।
    भेडाब्राखा पाल्ने किसानलाई गोठालो भत्ताका लागि अहिले जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालयका गलत संकलन भइरहेको प्रवक्ता कठायतले बताए । गोठालो भत्ताका लागि जुम्लामा भेडाब्राखापालक किसानको लगत कार्य सम्पन्न भएको र जुम्लाका २६५ किसानले निवेदन दिएको त्यसमध्ये एक ५० किसानहरूले गोठालो भत्ता पाउने पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द महतले बताए ।
    यस्तै कालीकोटको पचालझरना गाउँपालिकाले पशुपालक किसानलाई गोठालो भत्ता दिएको छ । किसानहरूलाई पशुपालनमा प्रोत्साहन गर्नका लागि गाउँपालिकाले पशुपालक किसानलाई गोठालो भत्ता दिएको हो । गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ देखि पशुपालक गर्ने किसानलाई गोठालो भत्ता दिने कार्यविधि ल्याएको थियो । कार्यविधिअनुसार नै गाउँपालिका भित्र व्यावसायिक भेडा तथा बाख्रापालन र अन्य पशुपालन गर्ने किसानलाई गोठालो भत्ता दिइएको हो ।
    गाँउपालिकाभरिका व्यावसायिक रुपमा ५० भन्दा बढी भेडा बाख्रापालन गरिरहेका सबै कृषकहरूको तथ्याङक संकलन गरी आर्थिक वर्ष २०७६÷०७७ देखि प्रोत्साहन भत्ता स्वरुप ५० वटादेखि १०० वटासम्म भेडा, बाख्रा पाल्ने कृषकलाई मासिक एक हजार र १०० वटादेखि माथि भेडाबाख्रा पाल्ने किसानलाई मासिक दुई हजारका दरले सम्बन्धित किसानको बैंक खातामा नै जम्मा गरिएको गाउँपालिका पशु शाखा प्रमुख वीरेन्द्रबहादुर बमले बताए । गाउँपालिकाभरी ५० वटादेखि १०० सम्म भेडा तथा बाख्रापालन गर्ने ६५ जना किसान छन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित