FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • ५१ पशुपंक्षी फार्मलाई अनुदान

    • कृषि टि.भी.
    • १ साल अघि
    • २६ पटक पढिएको
    ५१ पशुपंक्षी फार्मलाई अनुदान

    भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले चालु आर्थिक वर्ष २०७८÷७९ मा तीन वटा कार्यक्रम मार्फत ५१ वटा पशुपंक्षी फार्मलाई अनुदान उपलब्ध गराउने भएको छ । साना पशुपंक्षी तथा मत्स्य व्यवसाय फार्म विस्तार तथा स्थापना गर्न ४०, नयाँ मत्स्य पोखरी निर्माणका लागि ७ र माछा मासु तथा डेरी पसल निर्माण सुधारका लागि चार वटा फार्म छनौट भएका हुन् । केन्द्रबाट उनिहरुले रु. ५८ लाख पचास हजार अनुदान पाउने भएका छन् । केन्द्रका सूचना अधिकारी तथा पशु सेवा प्राविधिक सुभास रेग्मीले छनौट भएका ५१ वटा फार्मका सञ्चालकसँग अनुदान उपलब्ध गराउने सम्झौता गरिसकेको जानकारी दिए । “सार्वजनिक सूचना जारी गरेर प्राप्त भएको आवेदनको स्थलगत मुल्याङ्कन गरेर कार्यविधी अनुसार छनौट र सम्झौता गरिएको हो,” उनले भने “कुल लागतको पचास प्रतिशत अनुदान उपलब्ध गराउने र आधा रकम सञ्चालकले ब्यहोर्नुपर्ने सम्झौता छ ।”
    कुल रु. ५२ लाख पचास हजार बजेट बिनियोजन भएको साना पशुपंक्षी फार्म बिस्तार तथा स्थापना कार्यक्रमका लागि १५८ वटा आवेदन परेको थियो । रु. दुई लाख बजेट बिनियोजन भएको नयाँ मत्स्य विकास कार्यक्रम र रु. चार लाख बजेट रहेको माछा मासु तथा डेरी पसल निर्माण सुधार कार्यक्रममा आठ÷आठ वटा आवेदन परेका थिए । बाख्रा, गाईभैँसी, बङ्गुर, कुखुरापालनका पुराना फार्मको क्षमता विस्तार र नयाँ फार्म स्थापना गर्न रु.एक लाख ३२ हजार २५० का दरले अनुदान पाउने केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले बताए ।
    नयाँ मत्स्य पोखरी निर्माणका लागि रु. पचास हजारका दरले र मासु, डेरी पसलले रु. एक लाखका दरले अनुदान पाउने भएका छन् । दूध, माछा, अण्डा उत्पादन बढाएर आत्मनिर्भर बनाउने र पशुपालनतर्फ आकर्षण बढाउन गण्डकी प्रदेश सरकारको योजना अनुसार अनुदान दिन लागिएको हो । छनौट भएका सबै फार्मका सञ्चालकलाई अभिमुखीकरण गरिएको थियो । बाँकी कार्यक्रमका लागि पुन सूचना आव्हान गरिएको केन्द्रले जनाएको छ

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित