FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • पूर्वी चितवनमा देखियो बर्ड फ्लु, दुई सय कुखुरा मरे

    • कृषि टि.भी.
    • १ साल अघि
    • १४९ पटक पढिएको
    पूर्वी चितवनमा देखियो बर्ड फ्लु, दुई सय कुखुरा मरे
    file photo

    पूर्वी चितवनको राप्ती नगरपालिकामा बर्ड फ्लु भेटिएको छ । राप्ती नगरपालिका–६ स्थित अनिता पशुपंक्षी कृषि फर्मका कुखुरामा बर्ड फ्लु भेटिएको हो । फर्ममा पालिएका दुई हजार कुखुरामध्ये बर्ड फ्लुले दुई सय कुखुरा मरिसकेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।
    कुखुरा भटाभट मरेपछि २५ माघमा कुखुराको नमुना लिएर बर्ड फ्लु परीक्षण गरिएकोमा बुधबार पुष्टि भएको हो । बर्ड फ्लुको रोकथाम तथा नियन्त्रणका लागि बुधबार केन्द्रबाटै बर्ड फ्लु देखिएको फर्मको सय मिटर आसपासमा पालिएका पंक्षीहरू नष्ट गर्न निर्देशन दिए अनुसार नष्ट गर्ने तयारी गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित