FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • पनौतीमा अफ्रिकन स्वाइन फिबरका कारण बङ्गुरमा ठुलो क्षति

    • कृषि टि.भी.
    • ७ महिना अघि
    • ४९ पटक पढिएको
    पनौतीमा अफ्रिकन स्वाइन फिबरका कारण बङ्गुरमा ठुलो क्षति

    काभ्रेको पनौतीमा महामारीजन्य ‘अफ्रिकन स्वाइन फिबर’को सङ्क्रमणका कारण ठूलो सङ्ख्यामा पशु मरेका छन् । व्यावसायिक रुपमा फार्ममा पालिएका बङ्गुरमा गत सोमबार मात्रै उक्त सङ्क्रमण पुष्टि भएको थियो । उक्त रोगका कारण नगरका तीन स्थानको फार्ममा छ सय सात बङ्गुर मरिसकेको नगर कृषि तथा पशुपक्षी शाखाले जनाएको छ । उक्त रोगले नगरको वडा नं ५ स्थित टिम भिजन एग्रिकल्चर प्रालि र गैरीगाउँ कृषि तथा पशुपक्षी फार्म तथा वडा नं १० को श्रेष्ठ बङ्गुर फार्ममा क्षति पु¥याएको छ ।

    हालसम्म किसानको दुई करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । अति खतरनाक मानिएको उक्त रोग नगरभित्र व्यावसायिकरुपमा पालिएको बङ्गुरमा मात्रै देखिएको छ । नगर विपद् व्यवस्थापन समितिले स्थानीय किसानको क्षतिपूर्तिका लागि छलफल अघि बढाएको जनाएको छ । यस्तै सम्भावित क्षेत्रमा थप परीक्षणको तयारी भइरहेको बताइएको छ  ।

    नगरका विभिन्न स्थान पालिएका बङ्गुरमा उक्त सङ्क्रमण पुष्टि भएसँगै नगरले तिनलाई ओसारपसार गर्न निषेध गरेको छ । पशु सेवा विभागले यस रोगलाई उच्च मृत्युदर भएको ‘अति खतरनाक’ महामारीजन्य रोग भनेको छ । विभागका अनुसार यो रोग पशुबाट मानिसमा भने सर्दैन ।

    सन् २०१८ मा छिमेकी भारत, चीन र भूटानमा देखिएको यो रोग नेपाल प्रवेश गरेको करिब पाँच महिनापछि काभ्रेपलाञ्चोकको पनौतीमा पनि देखिएको हो । गत वर्ष चैतमा पहिलोपटक काठमाडौंको कागेश्वरी मनोहरा क्षेत्रमा पालिएका बङ्गुरमा यो रोग देखिएको थियो ।

     

     

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित