FLASH NEWS
- Loading...
कोशीटप्पुमा चित्तलको मासुसहित सात सिकारी पक्राउ
- कृषि टि.भी.
- १ साल अघि
- १०८ पटक पढिएको


कोशीटप्पु वन्यजन्तु आरक्षण क्षेत्रमा सिकार गर्दै गरेका सात सिकारीहरु पक्राउ परेका छन् । श्रीलंका टापुस्थित भागलपुरबाट चित्तलको मासु सहित एक व्यक्ति प्रकाउ परेका हुन् । उनैको सुराकीको आधारमा अन्य छ जना पनि पक्राउ परेका छन्। नेपाली सेनाको भागलपुरस्थित सुरक्षानाथ गडद्धारा जारी विज्ञप्तीअनुसार अन्य सिकारीहरु भने फरार भएका छन् ।
६३ केजी जंगली जनावरको मासु, दुई वटा भरुवा बन्दुक नाल, एउटा टिका वारुद प्याकेट, एउटा खुडा गोटा, चार वटा खुकुरीसहित उनीलाई सेनाले पक्राउ गरेको हो । आवश्यक कारवाहिको लागि कोशीटप्पु वन्यजन्तु आरक्षमा बुझाएको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
