FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • फिक्कल गाउँपालिकाद्वारा विपन्न किसानलाई कुखुराका चल्ला वितरण

    • कृषि टि.भी.
    • १ साल अघि
    • ९३ पटक पढिएको
    फिक्कल गाउँपालिकाद्वारा विपन्न किसानलाई कुखुराका चल्ला वितरण

     

    सिन्धुलीको फिक्कल गाउँपालिकाले ग्रामीण क्षेत्रका विपन्न किसानहरुकोे आय आर्जनमा टेवा पुर्याउने उद्देश्यले किसानहरुलाई लोकल कुखुराका चल्ला वितरण गरेको छ ।
    फिक्कल गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी किसानहरुलाई २ हजार ६ सय कुखुराका चल्ला वितरण गरेको हो। सोही गाउँपालिकाका वडा नं. २ का ७ जना र वडा नं. ५ का ६ जनालाई जनही २ सयका दरले लोकल कुखुराका चल्ला वितरण गरिएको गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवारले बताइन ।
    यो गाउँपालिकाका विभिन्न वडामा बसोबास गर्ने आर्थिक रूपमा विपन्न, कोभिड प्रभावित, एकल महिला, शारीरिक रूपमा अपांगता भएका र वैदेशिक रोजगारीबाट फर्किएका परिवारलाई कुखुरा वितरण गरिएको उनको भनाइ छ ।
    स्थानीय स्तरमा लोकल जातका कुखुरा पालने प्रचलनमा कमी आएको अवस्थामा बजारमा भने लोकल कुखुराको राम्रो मूल्य पाउन सक्ने भएकाले कुखुरा वितरण गरिएको उनले बताइन ।
    विपन्न समुदायलाई आत्मनिर्भर बन्न प्रेरित गर्ने उद्देश्यले व्यावसायिक रूपमा कुखुरा पालन व्यवसाय सुरु गरेका विपन्न किसानलाई कुखुरा वितरण गरिएकाले चल्लाको पालन र हुर्काई–बढाई गर्न गाउँपालिकाले आग्रह गरेको छ ।
    विपन्न किसानहरुको मागको आधारमा कुखुराको खोर निर्माण गर्न जनही १८ हजार रुपैयाँ सहयोग समेत गरिएको फिक्कल गाउँपालिकाले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित